![]()
दिनेश कुमर शर्मा,
पुस १४।,सिरहा चुरे तथा वन क्षेत्रबाट अवैध रुपमा ढुङ्गा,गिट्टी,बालुवा र ग्राभेल उत्खन्नको सिफारिस दिएको भन्दै अध्यक्ष र क्रसर संचालकलाई डिभिजन वन कार्यालय लहान सिरहाले पक्राउ गरी हिरासतमा राखेको छ।
वन क्षेत्रमा पोखरी गैर कानुनी ढङ्गले उत्खनन सिफारिस दिएको भन्दै वन कार्यालयले वडा अध्यक्ष फणीन्द्र पोखरेल र कमलेस्वरी कमला क्रसर उद्योगका सञ्चालक मोहमद खलिल राइनलार्ई पक्राउ गरेको हो।
डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार एक्सकाभेटर प्रयोग गरी अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन कार्यमा ऐन, कानुन विपरीत सिफारिस गरी सहयोग गरेको आरोपमा वडा अध्यक्ष पोखरेललाई पक्राउ गरी थप अनुसन्धानको लागि डिभिजन वन कार्यालयको हिरासतमा राखिएको हो।
कर्जन्हा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुकै मिलोमतो कानुन विपरीत अवैध उत्खनन गरी विक्रिवितरण गरेको आरोपमा कमलेस्वरी कमला क्रसर उद्योगका सञ्चालक मोहमद खलिल राइनलाई पनि नियन्त्रण लिएर थप अनुसन्धान गरिरहेको सूचना अधिकारी चौधरीले जनाए ।
गत ७ गते पुसमा सोही क्षेत्रबाट अवैध उत्खनन गरिरहेको अवस्थामा गोप्य सुचनाको आधारमा डिभिजन वन कार्यालयबाट खटिएको टोलीले स्काभेटरसहित चालक प्रदीप कुमार दर्लामी र स्थानीय ठेकेदार नीरज बस्नेतलाई पक्राउ गरिएको थियो।
पक्राउ गरिएका व्यक्तिहरु उपर चुरे संरक्षित क्षेत्र तथा वन क्षेत्रमा अवैध उत्खनन गरेको कसुरमा मुद्दा चलाइने सूचना अधिकारी चौधरीले जानकारी दिए ।
स्थानीय जनप्रतिनिधिहरुले आर्थिक प्रलोभनमा परि सिरहको उत्तरी क्षेत्रका वडाहरुमा ग्राभेल उत्खनन गर्न पोखरीकेो सिफारिस दिन गरेको छ।
उत्तरी क्षेत्रमा पानी पोखरी नफष्टाएपनि यहाँबाट ग्राभेल तस्करहरुलाई सहज पार्न वडा कार्यालयहरुले अर्थिक प्रलोभन कै कारण गैर कानुनी रुपमा पोखरी खन्ने सिफारिस दिने गरेको स्थानीयहरु बत्ताउँछन्










