सिरहा । मिर्चैया नगरपालिका वडा न. १ मन्हर्वामा सञ्चालन गरिएको ब्युटिसियन तालिमसंगै सामाग्री समेत प्रदान कार्यक्रम सम्पन्न भएको छ । लक्ष्मी महतो स्मृति सेवा केन्द्रको आयोजना र मिर्चैया नगरपालिकाको सहयोगमा सञ्चालित ३५ दिने तालिम शनिवार सम्पन्न भएको हो ।
तालिम समापन समारोहका प्रमुख अतिथि मिर्चैया नगरपालिका वडा न.१ का वडा अध्यक्ष रुपेश कुमार महतोले भने सामाजिक विकासका लागि सीपलाई व्यवसायिक रुपमा प्रयोग गरेर आत्मनिर्भर बन्न तालिममा सहभागी महिलाहरुलाई आग्रह गरिन् । भोक जागेपछि चाहारा आफैँ खोज्नु पर्ने बताउँदै वडाले आधारभूत सीप सिकाएकोले एड्भान्स तालिम वडाले पनि सिक्नुृपर्ने उनको भनाई थियो । तालिमबाट व्यक्तित्वको विकास पनि भएको बताउँदै महतोले सुन्दरता बाहिरी आवरण मात्र नभइ भित्रि सोचमा सकरात्मक परिवर्तन गर्नुपर्ने बताइन् ।
तालिममा सिकेका कुरालाई अवसरको रूपमा लिएर व्यवहारमा प्रयोग गर्न महिलाहरुलाई आग्रह गरे । यस्ता तालिमहरु जीवनोपयोगी सीप भएको हुनाले वडा कार्यालयले बेलाबेलामा सञ्चालन गर्दै आएको पनि वडा सचिव राजगिर यादवले बताए । उक्त तालिमको आयोजनामा सञ्चालित तालिममा सिकेका कुरालाई व्यूटी पार्लर खोलेर व्यवसायिक बन्न पनि यादवले बताए ।
तालिममा सहभागी बिनिता कुमारीले तालिमले व्यूटिसियनको जग बसालेको बताउँदै यसलाई पूर्ण बनाउन एड्भान्स तालिमको लागि नगर र वडालाई अनुरोध गरिन् । तालिममा सहभागीहरुलाई प्रमुख अतिथि र विशिष्ठ अतिथिहरुले प्रमाण पत्र वितरण तथा व्युटिसियन सम्बन्धि सामाग्री समेत प्रदान गरेका थिए । लक्ष्मी महतो स्मृति सेवा केन्द्रका अध्यक्ष शुवेश महतोको अध्यक्षतामा भएको कार्यक्रममा तालिमका प्रशिक्षक सम्झाना चौधरी र शोभा महतोले मन्तव्य व्यक्त गरेका थिए ।