TodayEjor
Friday, October 10, 2025
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home अपराध

ठमेलको क्लबमा झगडा गर्ने ७ जना पक्राउ

पोखराबाट पछ्याएर थानकोट पुगेपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ


ठमेलको क्लबमा झगडा गर्ने ७ जना पक्राउ

Loading

काठमाडौँ । ठमेलस्थित क्लब ओम्नियामा झगडा गरेको आरोपमा पक्राउ पर्नेका सङ्ख्या ७ पुगेको छ । गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइ सहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सिताराम रिजालले रातोपाटीलाई बताए ।

असार १५ मा क्लब प्रवेश गर्दा आफूलाई ‘सम्मान भएन’ भनेर सानुभाइ सहितका युवाहरूले क्लब सञ्चालक राजेन्द्र गुरुङ, बाउन्सर र कर्मचारीलाई कुटपिट गरेर भागेका थिए । सानुभाइ इन्काउन्टरमा मारिएका ‘गुन्डा नाइके’ कुमार श्रेष्ठ ‘घैटे’का सहयोगी थिए । काठमाडौँको गुन्डा समूहमाथि निगरानी गरिरहेका एक जना प्रहरी अधिकृतका अनुसार अहिले सानुभाइ ‘समीरमान सिंह बस्नेत बाहेक अरूलाई मान्दिनँ’ भन्छन् ।

पोखराबाट पछ्याएर थानकोट पुगेपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । ओम्निया क्लबमा भएको झगडामा संलग्न आरोपमा पक्राउ पर्नेमा सानुभाइ सहित टोखा घर भएका ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, तनहुँ दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोट पञ्चकन्या-५ का कमल तामाङ छन् । सानुभाइ समूहका विनोद लामा र रघु लामालाई प्रहरीले घटना भएको दिन नै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

क्लब सञ्चालक नुवाकोट सूर्यगढी गाउँपालिका-१ घर भएका राजेन्द्र गुरुङले प्रहरी वृत्त सोह्रखुट्टेमा आरोपितहरू विरुद्ध किटानी जाहेरी दिएका छन् । पक्राउ परेकाहरू विरुद्ध ‘अभद्र व्यवहार मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको एसपी रिजालले जानकारी दिए ।

कुमार गुरुङ ‘घैटे’ इन्काउन्टरमा मारिपछि युवराज गुरुङ ‘सानुभाइ’ बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्थे । बुलेटप्रुफ ज्याकेट लगाएर हिँडदै गरेको बेला २०७२ मा प्रहरीले उनलाई पक्रेर थुनामा राखेको अनुसन्धामा संलग्न अधिकृतहरु बताउँछन् ।

सानुभाइले २०६७ सालमा नुवाकोटका निर्माण व्यवसायी अनिल श्रेष्ठलाई हप्ता नदिएको आरोपमा गोली प्रहार गरे । नुवकोटकै होटल व्यवसायी सुरेश डंगोललाई गतवर्ष उनले आक्रमण गरेका थिए । सानुभाइ नेपाली कांग्रेस निकट मानिन्छन् । उनको समूहबारे प्रहरी वृत्त सोह्रखुट्टेले अनुसन्धान गरिरहेको छ ।

टुडे इजोर

टुडे इजोर

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In