दिनेश शर्मा ,सिरहा । नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
उनकाे टाउकोको पछिल्लो भागमा रहेको घाउलाई न्यूरो र हाडजोर्नी विशेषज्ञद्वारा अपरेशन गरी रक्तश्राव रोकिएको र घाउमा टाँका लगाइएको अस्पतालले जनाएको छ।त्यसपछि अहिले चिकित्सकीय निगरानीका लागि आइसियुमा राखेर उपचार भइरहेको राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डा.बद्री रिजालले जानकारी दिए।
टाउकाको सिटी स्क्यान गर्दा हाल कुनै पनि आन्तरिक चोट नदेखिएको पनि उनले जानकारी गराएका छन्। ‘हाल उहाँको स्वास्थ्य अवस्थास्थिर रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको जानकारी गराइन्छ’, अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
टाउकाको पछिल्लो भाग तथा गर्धनमा धारिलो हतियार प्रयोगका कारण गहिरो घाउ भइ रक्तश्राव भएको पाइएको पनि अस्पतालले जनाएको छ।
आज दिउँसो रिपोर्टस् क्लबमा कार्यक्रम सकेर निस्किन लाग्दा नुवाकोटका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरेर उनलाई घाइते बनाएका थिए । उनलाई पनि प्रहरीले पक्राउ गरेको छ