TodayEjor
Wednesday, March 4, 2026
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

ज्योतिष शिरोमणि गङ्गाधर रिजालको प्रथम वार्षिकीमा विविध कार्यक्रम सम्पन्न भए


ज्योतिष शिरोमणि गङ्गाधर रिजालको प्रथम वार्षिकीमा विविध कार्यक्रम सम्पन्न भए

Loading

मणिग्राम, माघ १३, शनिबार । रूपन्देहीको तिलोत्तमा -८, चारनम्बरमा ज्योतिष शिरोमणि गङ्गाधर रिजालको प्रथम वार्षिकीमा विविध कार्यक्रम सम्पन्न भएका छन् । प्रथम वार्षिकीका अवसरमा २ विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना, पुस्तक विमोचन, छात्रछात्रालाई भोजनदान एवम् पोशाक दान लगायतका कार्यक्रम भएका हुन् ।

शनिबार उहाँकै निवास एवम् गङ्गेश्वर धाममा आयोजित प्रथम वार्षिकीका अवसरमा स्थानीय ज्योति आधारभूत विद्यालयका कक्षा १ देखि ३ सम्मका विपन्न तथा दलित समुदायका विद्यार्थीलाई भोजन गराइएको थियो ।

त्यसैगरी भोजन गराइएका ३६ जना विद्यार्थीलाई विद्यालय पोशाक समेत उपलब्ध गराइएको थियो भने सोही विद्यालयका लागि अक्षयकोष स्वरूप दुईलाख रूपियाँ विद्यालयका अध्यक्ष नवीनराज आचार्य र प्रधानाध्यापक दिलबहादुर थापालाई प्रदान गरिएको ज्योतिष शिरोमणि गङ्गाधरका पुत्र पण्डित ईश्वरीप्रसाद रिजालले बताउनुभयो ।

त्यस्तै शान्ति नमूना मा.वि. मणिग्रामका लागि तीन लाख रूपियाँको छात्रवृत्ति रकम विद्यालयका अध्यक्ष शरद भट्टराई र प्रधानाध्यापक कुलप्रसाद लामिछानेलाई प्रदान गरिएको ज्योतिष शिरोमणि गङ्गाधरकी पत्नी रूक्मिणी रिजालले जानकारी दिनुभयो ।

प्रथम वार्षिकीकै अवसरमा ज्योतिष शिरोमणि गङ्गाधरले तयार गर्नुभएका पाण्डुलिपिबाट साभार गरिएका जीवनी र सन्देशसहितको “ज्योतिष शिरोमणि गङ्गाधर रिजालः जीवनी र आदर्श” नामक पुस्तक समेत पितृतर्पणस्वरूप लोककल्याणको उपयोगमा आउनेगरी विमोचन गरिएको थियो ।

राममणि क्याम्पसका उपप्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको एक कार्यक्रमबीच ज्योतिष शिरोमणि रिजालका पत्नीद्वय पार्वती र रूक्मिणी रिजालले संयुक्तरूपमा पुस्तक विमोचन गर्नुभएको थियो ।

गङ्गेश्वर धामद्वारा प्रकाशित नब्बे पृष्ठको सो पुस्तकमा ज्योतिष शिरोमणि रिजालले व्यतीत गर्नुभएका जीवनशैली, आम मानिसलाई शान्तिप्रिय जीवनयापनका लागि दिनुभएका उपदेश, उहाँको जीवनका संघर्ष र सफलता, उच्चपदस्थ व्यक्तित्वलाई फलित भएका भविष्यवाणी, भ्रमण-तीर्थाटन, विविध समयका फोटो आदि समाविष्ट छन् ।

ज्योतिष शिरोमणि गङ्गाधर रिजालको प्रथम वार्षिकी कार्यक्रममा पूर्व मन्त्री तथा सांसद, नगरप्रमुख, सरकारी तथा गैर सरकारी निकायका उच्च पदस्थ व्यक्ति, व्यवसायी, विद्यालयका व्यवस्थापन समतिका पदाधिकारी, प्रधानाध्यापक, विभिन्न स्थानका भक्तजन, स्थानीयबासी सहितका आमा समूह लगायतको उपस्थिति रहेको थियो ।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

लामिछाने भोलि कपिलवस्तु आउदैँ

लामिछाने भोलि कपिलवस्तु आउदैँ

‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस

‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

सहभागिता मुलुक गुणस्तरीय निर्धारण प्रणालीबारे पालिका स्तरमा प्रस्तुतिकरण तथा मुल समिति गठन

सहभागिता मुलुक गुणस्तरीय निर्धारण प्रणालीबारे पालिका स्तरमा प्रस्तुतिकरण तथा मुल समिति गठन

कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

कपिलवस्तुबाट  मुस्लिम महिला नेत्री रबिना खान समानुपातिकमा सिफारिस    

कपिलवस्तुबाट मुस्लिम महिला नेकपाबाट रबिना खान समानुपातिकमा सिफारिस

कपिलवस्तुबाट  मुस्लिम महिला नेत्री रबिना खान समानुपातिकमा सिफारिस    

सिरहामा रिलायबल लाइफ इन्स्योरेन्सले बिमा मृत्यु दाबी भुक्तानी गरे ।

सिरहामा रिलायबल लाइफ इन्स्योरेन्सले बिमा मृत्यु दाबी भुक्तानी गरे ।

अमन इन्टरप्राइजेजले TVS मोटर कम्पनीले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा

अमन इन्टरप्राइजेजले TVS मोटर कम्पनीले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In