![]()
सिरहा जिल्ला अदालत परिसर नजिकै बम विस्फोट भएको आशंका गरिएको छ।
आज दिउँसो करिब ४ बजेतिर सुतली बम विस्फोट भएको आशंका गरिएको नेपाल प्रहरी ले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी तथा अन्य सुरक्षा निकायको टोली घटनास्थलमा पुगेको छ। सुरक्षाकर्मीहरूले क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छन्।
हालसम्म विस्फोट कसले गराएको हो भन्ने खुल्न सकेको छैन। साथै घटनाबाट कति क्षति भयो भन्ने विवरण पनि प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ।









