![]()
कपिलवस्तु / पुस १८,कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नं ३ निवासी नेपाली कम्युनिस्ट पार्टीकी मुस्लिम महिला नेतृ रबिना खानलाई पार्टीले समानुपातिक सुचिको पहिलो नम्बरमा सिफारिस गरेको छ। Gen -Z आन्दोलन पश्चात बनेको शुसिला कार्कीको सरकारले सवैधानिक निर्वाचन प्रणालीमा गएपछि आउँदो फागुन २१ गतेको निर्वाचनलाई मध्येनजर गर्दै नेपाली कम्युनिस्ट पार्टीले रबिना खानको संघर्ष र राजनीतिक यात्रालाई उच्चमूल्याङ्कन गर्दै मुस्लिम महिला नेतृ खानलाई समानुपातिक सुचिमा अव्वल रुपमा नाम सिफारिस गरेको छ।

सानैदेखि शोषित र पीडित रबिना खान देशव्यापी रुपमा भएको महिला शोषण , जमिन्दारी प्रथा , राजतन्त्रको ज्यादती लगायतको विरुद्धमा आन्दोलित नेपाल कम्युनिस्ट पार्टी माओवादीमा वि.स. २०५८ सालमा सामेल भई माओवादीको विभिन्न लडाइमा अग्रणी स्थान रहि भुमिका निर्वाह गरेकी थिईन । आउँदो निर्वाचनमा समानुपातिक सुचीको पहिलो नम्बरमा सिफारिस गरेको पार्टी प्रतिको सम्मानबाट धेरै खुशी लागेको बताउनु भयो।

त्यसैगरी त्याग ,संघर्ष ,मुस्लिम महिला नेतृ , एउटा कुशल जनयोद्धा भएको हिसाबले पार्टीका बिभिन्न कार्यकरताहरुले समेत रबिना खानको नाम समानुपातिक सुचिमा सिफारिस गरेको निर्णय एकदमै सराहनीय , आवश्यकीय र महत्वपूर्ण भएको पनि उहाँले बताउनु भयो। आउँदो निर्वाचनमा कपिलवस्तु जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं १ बाट समानुपातिक बन्द सुचिमा उहाँको नाम सिफारिस गरिएको छ।








