![]()
कपिलवस्तु, माघ १४, BMZ/WHH को आर्थिक सहयोगमा फरवार्ड नेपाल तथा कालिका स्वावलम्बन सामाजिक केन्द्रको आयोजनामा सहभागिता मुलुक गुणस्तरीय निर्धारण प्रणाली (PGS) सम्बन्धी पालिका स्तरको प्रस्तुतिकरण तथा मुल समिति गठन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमअन्तर्गत ९ सदस्यीय मुल समिति तथा ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ। साथै बिन्द्रा लिंखा कार्यक्रमको बारेमा सहभागीहरूलाई जानकारी गराउँदै स्वागत मन्तव्य प्रस्तुत गरिएको थियो।
कार्यक्रममा कृषि ज्ञान केन्द्र प्रमुख घनश्याम चौधरी, शुद्धोधन गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष मनोज कुमार यादव, कार्यक्रम अधिकृत सुमन न्यौपाने, कार्यक्रम संचालक ओमप्रकाश बनिया तथा शुद्धोधन गाउँपालिका कृषि शाखाका प्रमुख राजेश चौधरी लगायतले मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य, महत्व र स्थानीय कृषकका लागि यसको उपयोगिताबारे प्रकाश पारेका थिए।








