![]()
सिरहामा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सिरहाको कल्याणपुर नगरपालिका वडा .नं. १२ वेल्हामा कार्यक्रम आयोजना गरी चार बिमित परिवारहरुलाई बिमा मृत्यु दाबी भुक्तानी गरेका छन् ।
विजय मल्लिकको परिवारलाई दुई लाख सोह्र हजार तिन सय तेतिस रुपैयाँ बिमा मृत्यु दाबी भुक्तानी गरेको छ । त्यसैगरी रामदेव महतोका परिवारलाई दुई लाख सोह्र हजार एक सय सरसठी रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । यिनीहरु दुई वर्ष अघि २ लाख रुपैयाँ बराबरको बिमालेख खरिद गरेका थिए र देव नारायण महताले पाचँ लाख एघार हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी भएको छ भने पाचँ महिना अघि ५ लाख रुपैयाँ बराबरको बिमालेख खरिद गरेका थिए र जलहास ठाकुरले एक लाख तिन हजार रुपैयाँ मृत्यु दाबी भुक्तानीे भएको छ भने एक महिना अघि १ लाख रुपैयाँ बराबरको बिमालेख खरिद गरेको थिए ।

उक्त दाबी भुक्तानी बराबरको चेक कम्पनीका सिरहा शाखा प्रमुख महेश कुमार महतो, कल्याणपुर नगरपालिकाका नं.१२ का वडाध्यक्ष दिलिप कुमार यादव, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको मधेस प्रदेश प्रमुख मनोद कुमार दहाल , एजेन्सी म्यानेजरहरु, समावसेवी श्रबण कुमार साह , कल्याणपुर नगरपालिकाका नं.९ का सचिब राम कुमार महतो , कल्याणपुर नगरपालिकाका नं.९ का वडाध्यक्ष विनोद कुमार यादव,लगायत स्वर्गीयहरुको परिवार, छिमेकी जनप्रतिनिधिको उपस्थितिमा हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।









