TodayEjor
Thursday, October 16, 2025
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home खेलकुद

पुरुष भलिबलमा फेरिएको टिम, कठिन विपक्षी


पुरुष भलिबलमा फेरिएको टिम, कठिन विपक्षी

Loading

काठमाडौं ।  नेपाली पुरुष राष्ट्रिय भलिबल टिम लगातार दोस्रो र समग्रमा पाँचौ पटक एसियन गेम्स खेल्ने तयारीमा छ ।

सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनमा हुने १९औं एसियन गेम्सका लागि मानबहादुर श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोली प्रशिक्षणमा व्यस्त छ ।

व्यक्तिगत खेलमा समेत पदक जित्न कठिन भइरहेको एसियन गेम्समा सामूहिक खेलको सहभागिता नै ठूलो विषय हो ।

यस्तोमा यो पटक नेपालको राष्ट्रिय खेलसमेत रहेको भलिबलमा महिला र पुरुष दुवै टिमले एसियन गेम्स खेल्दैछन् । एसियाका बलिया राष्ट्रहरुसँग खेल्दै अन्तर्राष्ट्रिय अनुभव लिने नेपालको योजना छ ।

कठिन समूह

बिहीबार भएको भलिबलको पुरुषतर्फको ड्र अनुसर नेपालले समूह चरणमै कठिन प्रतिद्वन्दी पाएको छ । पछिल्लो दुई संस्करणको एसियन गेम्समा स्वर्ण जितेको इरान र बहराइनसहित नेपाल समूह बी मा छ ।

इरानले २०१४ मा कोरिया र २०१८ मा इन्डोनेसियामा भएको एसियन गेम्समा भलिबलमा स्वर्ण जितेको थियो । त्यसैले इरानसँग खेल्न पाउनु नेपालको लागि अनुभव र एक्सपोजरको हिसाबले महत्वपूर्ण अवसर हुनेछ । विश्व वरीयतामा इरान १०औं स्थानमा छ ।

‘इरान विश्वकै टप टेन भित्र रहेको टिम हो र एसियाको नम्बर वान टिम हो । उनीहरुको स्तर धेरै माथि छ । इरानको खेलाडीहरुमा को राम्रो भनेर प्रतिस्पर्धा हुन्छ । त्यस्तो टिमसँग खेल्न पाउनु पनि हाम्रो लागि ठूलो अवसर हो,’  नेपाली भलिबलकै सफल प्रशिक्षक र २०१८ को एसियन गेम्समा पुरुष टिमको प्रशिक्षक रहेका जगदीश भट्टले भने ।

उनकै प्रशिक्षणमा नेपालको पुरुष टिमले २०१७ मा एभीसी सेन्ट्रल जोनमा तेस्रो हुँदै कास्य पदक जितेको थियो भने महिला टिमलाई दुई पटक सेन्ट्रल जोन च्याम्पियन बनाएका थिए ।

‘सकेसम्म जित्नकै लागि खेल्ने हो । नसके पनि हामीले ठूला टिमसँग खेल्दा धेरै कुरा सिक्ने अवसर पाउँछौं’, भट्टले थपे । नेपालको अर्को प्रतिद्वन्दी बहराइन ७६औं स्थानमा छ ।

पुरुष भलिबलमा १९ टिम सहभागी हुनेछन् । समूह चरणपछि पोजिसन छुट्याउनका लागि पनि प्लेअफ खेलहरु हुनेछ । जसको अर्थ नेपाल समूह चरणपछि पनि थप खेल खेल्न पाउँछ । ‘जति धेरै खेल्यो उति नै अनुभव र एक्सपोजर प्राप्त हुने भएकोले त्यसको सदुपयोग गर्नुपर्छ’, भट्टले भने । नेपालले गत एसियन गेम्स भन्दा यस पटक राम्रो प्रदर्शन गर्ने भट्टको विश्वास छ ।

नेपाली टिमका कप्तान मानबहादुर श्रेष्ठले पनि यस पटक पहिलाको भन्दा राम्रो प्रदर्शन गर्ने बताए । ‘हाम्रो लक्ष्य भनेको २०१८ को भन्दा पोजिसन ल्याउने हो । यस पटक राम्रो टिमहरुसँग खेल्दा हामीले धेरै अनुभव लिने मौका हुनेछ’, श्रेष्ठले थपे ।

नेपालको तयारी

पछिल्लो पटक २०१८ मा भएको एसियन गेम्समा १५औं भएको नेपालले यस पटक त्यो भन्दा राम्रो स्थान ल्याउने अपेक्षा राखेको छ ।

नेपाली टिमलाई अहिले बेल्जियन प्रशिक्षक जान डी ब्रान्ट, जगदीश भट्ट र भरत यादवले प्रशिक्षण दिइरहेका छन् ।

एसियन गेम्सका लागि पुरुषतर्फ प्रशिक्षण टिममा हान अबिङ र भरत यादव छन् र तर हान सेप्टेम्बरमा मात्रै आउने भएकोले अहिले अन्य प्रशिक्षकले टिमलाई प्रशिक्षण दिइरहेका छन् ।

नेपालले गत महिना कीर्गिस्तानमा भएको काभा नेसन्स लिग भलिबल प्रतियोगिता खेलेको थियो । जहाँ नेपालले ६ खेल खेल्ने अवसर पाएको थियो । एक खेल पनि नजितेको नेपालले एसियन गेम्समा लागि भने अनुभव बटुल्ने मौका पायो ।

काभा नेसन्स लिगमा नेपालका प्रशिक्षक समेत रहेका भट्टले नेपालले सबै खेल हारे पनि त्यो प्रतियोगितामा राम्रो एक्सपोजर प्राप्त भएको बताए ।

‘हामी त्यहाँ खेलेको सबै टिमसँग कडा प्रतिस्पर्धा भएको थियो । हामीले त्यहाँ च्यालेन्ज र अपरच्युनिटीको बीचमा पनि खेल्यौं नर्भस र एक्साइटमेन्टको बीचमा पनि खेल्यौं,’ भट्टले भने, ‘अब बलियो टिमसँग खेल्दा हामी कसरी मानसिक रुपमा तयार भएर जान्छौं भन्ने एसियन गेम्सले देखाउँछ ।’

कीर्गिस्तानमा गरेको प्रदर्शनबाट काभाका अध्यक्ष र महासचिव समेत प्रभावित भएको भन्दै भट्टले नेपालले अझ मिहिनेत गरेर आगामी सेन्ट्रल जोन प्रतियोगितामा फाइनल पुग्ने लक्ष्य राखेको सुनाए ।

सुरुमा एक्साइटेट भएर खेल्ने र जित्ने जित्ने बेला पुग्दा नभर्स हुने नेपालको समस्या छ । नेपालले खेलमा अब यस्ता गल्ती सकेसम्म कम गर्नुपर्ने भट्टले बताए ।

‘हामी हार्दा पनि आफ्नै गल्तीले हारेको छौँ । विपक्षले अंक धेरै जोडेको भन्दा पनि हामीले धेरै गल्ती गर्दा उनीहरुलाई फाइदा पुगेको छ’, काभा नेसन्स लिगबाट पाठ सिकेर नेपालले सुधार गर्नुपर्ने उनले बताए ।

फेरिएको टिम

नेपालको पुरुष भलिबल टिम अहिले फेरिएको छ । पछिल्लो समय भलिबलमा नयाँ खेलाडी आउनु र पुराना खेलाडीहरु करिअरको अन्त्यतिर पुग्नुले पनि टिममा धेरै परिवर्तन देखिएको छ ।

पाँच वर्षअघि इन्डोनेसियामा एसियन गेम्स खेलेका १२ मध्ये अहिले दुई खेलाडी मात्रै टिममा छन् । त्यसबेला खेलेका मानबहादुर अहिलेको टिमको कप्तानको भूमिकामा छन् भने विशालबहादुर विक पनि टिममा छन् । बाँकी १० खेलाडीका लागि यो पहिलो एसियन गेम्स हुनेछ ।

एसियन गेम्सका लागि घोषित टोलीमा धिरोज बस्नेत, सम्राट भण्डारी र मनिष मानन्धर पहिलो पटक टिममा परेका हुन् । यस्तै हेमन्तबहादुर मल्ल, सफल विक र लोकेन्द्र भण्डारीले गत महिना भएको काभा नेसन्स लिगबाटै डेब्यु गरेका थिए ।

त्यसबाहेक दुर्गाबहादुर खड्का र टेकराज वस्तीले २०१९ मा काठमाडौंमै भएको एभीसी सेन्ट्रल जोनमा डेब्यु गरेका थिए भने रविन चन्दले २०१९ को १३औं सागमा डेब्यु गरेका थिए ।

लिबेरो विशाल चन्दले २०२१ मा बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन भलिबलमा डेब्यु गरेका थिए ।

पुराना र नयाँ खेलाडीको मिश्रणले टिम राम्रो बनेको प्रशिक्षक भट्टले बताए । ‘नयाँ खेलाडीहरुको राम्रो छन् । उनीहरुको लागि पनि एसिएन गेम्समा अनुभव लिने अवसर हुनेछ । जसबाट एसियन गेम्सपछि खेल्ने अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता सहयोग पुग्छ,’ भट्टले भने ।

डेब्यु गर्न बाँकी नयाँ खेलाडीहरुमा धेरै सम्भावना रहेको उनले बताए ।

कप्तान मानबहादुर श्रेष्ठले सिनियर र जुनियरको मिश्रण हुँदा टिम राम्रो बनेको बताए । ‘अहिलेको टिम राम्रो छ । युवा खेलाडीहरु पनि छन् । उमेर समूह र सिनियर टिमका लागि खेलिसकेका खेलाडीहरुको मिश्रण छ । जुनियर खेलाडीहरुले पनि उमेर समूहमा नेपालको जर्सी लगाएर खेलिसकेका छन् । त्यसैले हामी सबै जना उत्साही छौं’, श्रेष्ठले भने ।

एसियन गेम्समा पुरुष भलिबलको इतिहास

नेपालको पुरुष भलिबल टिमले अहिलेसम्म चार पटक एसियन गेम्समा सहभागिता जनाएको छ ।

सन् १९७८ मा पहिलो पटक नेपालले एसियन गेम्सको भलिबलमा सहभागिता जनाएको थियो । त्यो नै नेपाली पुरुष भलिबल टिमले खेलेको पहिलो आधिकारिक प्रतियोगिता थियो । त्यसअघि नेपालले १९७६ मा पाकिस्तानमा काइते अजाम प्रतियोगिता खेले पनि त्यो आधिकारिक प्रतियोगितामा थिएन । त्यसपछि नेपालले १९८२ र १९८६ मा गरी लगातार तीन पटक एसियन गेम्स खेल्यो । तर त्यसपछि एसियन गेम्समा पुनरागमन गर्न नेपाललाई ३२ वर्ष लाग्यो ।

पछिल्लो पटक २०१८ मा इन्डोनेसियामा भएको एसियन गेम्समा २० टिम मध्ये नेपाल १५औं भयो । समूह चरणमा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग सोझो सेटमा पराजित भएको नेपालले १३-१८औं स्थानको लागि भएको क्वाटरफाइनलमा मंगोलियालाई हरायो । तर त्यसपछि श्रीलंकासँग पराजित हुँदा नेपालले १५औं स्थानको लागि कीर्गिस्तानसँग खेल्नुपर्‍यो । कीर्गिस्तान खेलमै सहभागी नहुँदा नेपाल १५औं भएको थियो ।

एसियन गेम्स खेल्ने खेलाडी

मानबहादुर श्रेष्ठ (कप्तान), टेकराज वस्ती, धिरोज बस्नेत, रबिन चन्द, दुर्गाबहादुर खड्का, हेमन्तबहादुर मल्ल, बिशालबहादुर विक, बिनोद चन्द, सम्राट भण्डारी, मनिष मानन्धर, सफल बिक, लोकेन्द्र गिरी ।

तस्वीरहरू : चन्द्रबहादुर आले

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन

नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन

मधेश प्रदेशको पश्चिमी भागमा अति भारी वर्षा

मधेश प्रदेशको पश्चिमी भागमा अति भारी वर्षा

अफगानिस्तानका विश्वविद्यालयबाट महिलाले लेखेका पुस्तकहरू हटाइयो

अफगानिस्तानका विश्वविद्यालयबाट महिलाले लेखेका पुस्तकहरू हटाइयो

सहरी विकासमन्त्री घिसिङको पहिलो निर्णय : भौतिक क्षति मूल्याङ्कन र पुनर्निर्माण कार्ययोजना एक साताभित्र

सहरी विकासमन्त्री घिसिङको पहिलो निर्णय : भौतिक क्षति मूल्याङ्कन र पुनर्निर्माण कार्ययोजना एक साताभित्र

गोलबजारमा वन अधिकृत मिश्र मिलोमतोमा अनियमितता तरिकाले सामुदायिक वनमा अवैध रूख कटान

गोलबजारमा वन अधिकृत मिश्र मिलोमतोमा अनियमितता तरिकाले सामुदायिक वनमा अवैध रूख कटान

सिरहामा ७ क्विन्टल भन्दा बढी गाँजा बरामद, घरधनी फरार

सिरहामा ७ क्विन्टल भन्दा बढी गाँजा बरामद, घरधनी फरार

सिराहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित पक्राउ

सिराहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित पक्राउ

प्रमोद जयसवाललाई फिर्ता बोलाउने समाचार  गलत  प्रकाशन गरे

प्रमोद जयसवाललाई फिर्ता बोलाउने समाचार गलत प्रकाशन गरे

कपिलवस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहम्मद जाहिद खाँको नेतृत्वमा निःशुल्क मुटु स्वास्थ्य शिविर सम्पन्न, ११५ जनाले अति गरिब तथा स्थानीय बासिन्दाहरूले पाए राहत ।

कपिलवस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहम्मद जाहिद खाँको नेतृत्वमा निःशुल्क मुटु स्वास्थ्य शिविर सम्पन्न, ११५ जनाले अति गरिब तथा स्थानीय बासिन्दाहरूले पाए राहत ।

कपिलवस्तु नगरपालिका–१ ले ४० बढी सुत्केरी महिलालाई सुपानेट झुल वितरण

कपिलवस्तु नगरपालिका–१ ले ४० बढी सुत्केरी महिलालाई सुपानेट झुल वितरण

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In