TodayEjor
Wednesday, January 14, 2026
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

झुम्का कारागारबाट यसरी नस्किएि लालबहादुर


झुम्का कारागारबाट यसरी नस्किएि लालबहादुर

Loading

विराटनगर । ठगी मुद्दामा सुनसरी जिल्ला अदालतको आदेशमा नौ महिनादेखि थुनामा रहेका इटहरी-१९ वरमपुर फूलबारी टोलका लालबहादुर विश्वकर्मा छुट्ने खबरपछि झुम्का कारागारमा बुधबार मानिसको चहलपहल अन्य दिनको तुलनामा बढी थियो ।

झुम्का कारागारबाट निस्कँदै लालबहादुर । लालबहादुरलाई उच्च अदालत विराटनगरका न्यायाधीश विपुल न्यौपाने र मिलनकुमार राईको सयुक्त इजलासले सुनसरी जिल्ला अदालतकी तत्कालीन न्यायाधीश निर्मला योङ्याको २०७८ पुस १९ को आदेशलाई उल्टाउँदै मंगलबार अवैध वित्तीय कारोबार सञ्चाल र ठगी मुद्दामा सफाई दिँदै थुनामुक्त गर्ने आदेश दिएको थियो ।

 

मंगलबार अदालतको पत्र कार्यालय समयमा नपुग्दा उनी बुधबार छुट्ने हल्ला सर्वत्र फैलिएको थियो । लालबहादुरका परिवारका सदस्य बिहान १० बजेतिरै कारागार पुगेका थिए । त्यसपछि अन्य मानिस जम्मा हुनेक्रम बढ्यो ।

’नजिकबाट मैले पनि उनलाई देखेको थिइनँ । सर्वत्र चर्चा भएपछि मलाई पनि लालबहादुरलाई नजिकबाट हेर्ने उत्सुकता बढ्यो,’ कारागारका निमित्त प्रमुख कृष्ण सुवेदीले भने, ’अरुलाई उत्सुकता बढेर कारागारमा जम्मा हुनु स्वाभाभिक थियो ।’ अदालतको थुनामुक्त गर्ने पत्र मेलबाट आउनेबित्तिकै लालबहादुरलाई कारागारबाट बाहिर निकाल्ने प्रक्रिया सुरु गरिएको सुवेदीले बताए । उनलाई चौकीदार श्रीकुमार राई लगायतको टिमले कारागारबाट बिदाइ गरेका थिए । उनका अनुसार कारागारभित्र बिदाइ कार्यक्रम झण्डै दुई घण्टा चलेको थियो ।

लालबहादुर रिहाई भएको हेर्न तरहरा आसपासका उनका आफन्त र छिमेकी, इटहरी र झुम्काका सर्वसाधारण्को बाक्लो भीड कारागार परिसरमा थियो । त्यहाँ जम्मा भएकाहरुले लालबहादुर निर्दोष हुन् भन्दै विगतमा दबाबमूलक कार्यक्रम पनि गर्दै आएका थिए । उक्त कार्यक्रमका संयोजकसमेत रहेका किशन चौलागाईंले भने, ’अदालतकै कारण निर्दोष जेल परेको थियो, ढिलै भए पनि अदालतले नै उसलाई न्याय दियो ।’

इटहरी-२० तरहरामा २०७२ देखि कृष्ण विश्वकर्मा, दिपक गजमेर, कमल गजमेर र सीता विकले सञ्चालन गर्दै आएको सिंहदेवी ज्वेलर्समा २९ वर्षीय लालबहादुर ज्यालादारी काम गर्दै आएका थिए । ज्वेलर्सका चारैजना साहुसँग मिलेर लालबहादुरले इजाजत नलिई बैंक तथा वित्तीय संस्था सञ्चालन गरेर सर्वसाधारणको १८ करोड ८४ लाख ६६ हजार ८८९ रुपैयाँ ठगी गरेको ठहर गर्दै सुनसरी जिल्ला अदालतकी तत्कालीन न्यायाधीश निर्मला योङयाको २०७८ पुस १९ को इजलसले उक्त विगोसहित ठगी मुद्दामा जनही ७० हजार जरिवानासहित डेढ वर्ष थुनामा राख्ने आदेश दिएको थियो । त्यसक्रममा लालबहादुरको भागमा ३ करोड १४ लाख ११ हजार १ सय ४८ रुपैयाँ बिगो र ठगीमा ७० हजार जरिवाना र डेढ वर्ष जेल परेको थियो ।

उच्च अदालतको मंगलबारको आदेशले लालबहादुरले दुवै मुद्दामा सफाई पाएर कारागारमुक्त भएका छन् । त्यसैगरी ज्वेलर्स सञ्चालकमध्येका कृष्ण विश्वकर्मा र उनकी छोरी सीता विश्वकर्माले पनि इजाजत नलिई वित्तीय कारोबार गरेको मुद्दामा सफाई पाएका छन् । तर उनीहरुको हकमा ठगी मुद्दामा जिल्ला अदालतकै आदेशलाई उच्चले सदर गरेको छ । उनीहरुलाई ठगी मुद्दामा जनही ७० हजार जरिवाना र एक वर्ष ६ महिना थुनामा राख्ने सुनसरी जिल्ला अदालतको आदेश छ ।

त्यसैगरी ज्वेलर्स सञ्चालकमध्येका दिपक गजमेरको हकमा उच्च अदालतले सुनसरी जिल्ला अदालतको आदेशलाई सदर गरेको छ । उनको हकमा बिनाइजाजत वित्तीय कारोबार गरेर १८ कराड ८४ लाख ६६ हजार ८८९ रुपैयाँ ठगी गरेको बिगो र ठगी मुद्दामा ७० हजार जरिवानासहित एक वर्ष ६ महिना थुनामा राख्ने जिल्ला अदालत सुनसरीको आदेश छ ।

लालबहादुरले गत मंसिर २१ गते जिल्ला अदालतको फैसलाले आफू अन्यायमा परेको भन्दै उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए । यसअघि तोकिएका आठवटा पेसीमा एक पेसीमा प्रत्यर्थी (झझी) झिकाउने, अर्कोमा प्रमाण झिकाउने आदेश हुँदा चारवटा पेसी हेर्न नमिल्ने र दुई स्थगित भएका थिए ।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

कपिलवस्तुबाट  मुस्लिम महिला नेत्री रबिना खान समानुपातिकमा सिफारिस    

कपिलवस्तुबाट मुस्लिम महिला नेकपाबाट रबिना खान समानुपातिकमा सिफारिस

कपिलवस्तुबाट  मुस्लिम महिला नेत्री रबिना खान समानुपातिकमा सिफारिस    

सिरहामा रिलायबल लाइफ इन्स्योरेन्सले बिमा मृत्यु दाबी भुक्तानी गरे ।

सिरहामा रिलायबल लाइफ इन्स्योरेन्सले बिमा मृत्यु दाबी भुक्तानी गरे ।

अमन इन्टरप्राइजेजले TVS मोटर कम्पनीले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा

अमन इन्टरप्राइजेजले TVS मोटर कम्पनीले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा

मिर्चैया ९ मा युवा समाजद्वारा विश्वकर्मा मन्दिरको शिलान्यास

मिर्चैया ९ मा भगवानपुरका युवा समाजद्वारा विश्वकर्मा मन्दिरको शिलान्यास

मिर्चैया ९ मा युवा समाजद्वारा विश्वकर्मा मन्दिरको शिलान्यास

मिर्चैया ९ मा युवा समाजद्वारा विश्वकर्मा मन्दिरको शिलान्यास

शुद्धोधनमा ‘सहकारी संजाल’ गठन, मलखाद वितरणमा एकरूपता ल्याउने पहल

शुद्धोधनमा ‘सहकारी संजाल’ गठन, मलखाद वितरणमा एकरूपता ल्याउने पहल

शुभ दीपावली! निसर अहमद खाँ पूर्व गाउँपालिका अध्यक्ष

शुभ दीपावली! निसर अहमद खाँ पूर्व गाउँपालिका अध्यक्ष

नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन

नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In