TodayEjor
Friday, May 16, 2025
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

नेपाललाई यूएईसँग बदला लिँदै विश्वकपमा पुग्ने अवसर

दीपेन्द्रसिंह ऐरी घाइते भएपछि प्रतियोगितामा खेल्ने मौका पाइरहेका विवेकले अन्तिम ओभरलाई सनसनी बनाए


नेपाललाई यूएईसँग बदला लिँदै विश्वकपमा पुग्ने अवसर

Loading

नेपालले यूएईसँग बदला लिदैं अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी २० विश्वकपमा छनोट हुने अवसर पाएको छ । ओमानसँग ट्वान्टी २० विश्वकप छनोट एसिया क्षेत्रको बिहीबार समूहचरणको अन्तिम खेलमा रोमाञ्चक ५ रनको हारपछि नेपालले समूहको उपविजेता भएर यूएईसँग खेल्नु परेको हो ।

नेपाललाई यूएईसँग बदला लिँदै विश्वकपमा पुग्ने अवसर अन्तिम ओभरको पहिलो ३ बलमा विवेक यादवले लगातार छक्का प्रहार गरे पनि नेपालले विजय हात पार्न सकेन् । १ सय ४६ रनको विजय लक्ष्य लिएर आएको नेपाल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेली १ सय ४० रनमा अलआउट भएको थियो ।

दीपेन्द्रसिंह ऐरी घाइते भएपछि प्रतियोगितामा खेल्ने मौका पाइरहेका विवेकले अन्तिम ओभरलाई सनसनी बनाएका थिए । सुरुआतमा रक्षात्मक भएर खेलेका विवेक अन्तिम ओभरमा आक्रामक बनेका थिए । आजको खेलबाट नेपाल क्रिकेटले अर्को एक खेलाडी पाएको भन्दै नेपालका प्रशिक्षक मोन्टी देसाईले विवेकको प्रशंसा गरे ।

नेपाल विश्वकपमा पुग्नेमा उनी विश्वस्त छन् । ‘आज हामीले लाइन क्रस गर्न सकेनौं । छनोट अझै सकिएको छैन, एउटा खेल अझै बाँकी छ । हामी विश्वकपमा छनोट हुन सक्छौं । त्यसका लागि खेलाडीले जिम्मेवारी भएर खेल्नु पर्छ,’ देसाईले भने, ‘आजको खेलबारेमा भन्नु पर्दा हामीले खेल र प्रतिद्वन्द्वीको पनि सम्मान गर्नुपर्छ । ओमानले लामो समयदेखि एकरुपको प्रदर्शन गर्दै आएको छ र २ पटक ट्वान्टी २० विश्वकप पनि खेलिसकेको छ ।’

सोमपाल कामी र सन्दीप लामिछानेलाई ब्याटिङमा माथि पठाउने निर्णयमा माथ खाएको थियो । आसिफ शेख तेस्रो ओभरमै आउट भएपछि तेस्रो नम्बरमा ब्याटिङमा आएका सोमपालले ९ बलमा १२ रनमात्र बनाउन सकेको थिए ।

सन्दीप जोरा १२ रन बनाई सातौं खेलाडीको रुपमा आउट भएपछि नेपाललाई ३१ बलमा ६१ रन बनाउनु पर्ने अवस्था थियो, यस्तो अवस्थामा करणभन्दा अगाडि सन्दीपलाई ब्याटिङका लागि पठाइएको थियो । तर सोमपाल र सन्दीपलाई ब्याटिङका लागि माथि पठाउने निर्णयको देसाईले रक्षा गरे ।

‘नेपाली टोलीका ११ जनै ब्याटिङ गर्न सक्छन् । एउटा योजनामा हिँडिरहेकाले सोमपाललाई माथि पठाउने निर्णय एउटा प्रयोगमात्र थिएन,’ देसाईले भने, ‘सोमपाल माथिल्लोक्रममा धेरै पटक खेलेका छन् । एसिया कपमा माथि ब्याटिङका लागि पठाउँदा उनले राम्रो गरेका थिए ।’

पहिलो दुई खेलमा सिंगापुर र मलेसियालाई पराजित गरी ओमानसँगको खेल अगाडि नै नेपाल सेमिफाइनल पुगिसकेको थियो । तर ओमानसँगको हारले नेपाल समूहको उपविजेतामै खुम्चियो ।

यूएईले मूलपानीमा भएको समूह ‘बी’ को अन्तिम खेलमा हङकङलाई २२ रनले पराजित गर्‍यो । मूलपानीमा भएको सबै ३ खेल जितेर यूएई समूह ‘बी’ को विजेता बन्यो । गत वर्ष ओमानमा सेमिफाइनलमा यूएईसँगै पराजित हुँदा नेपाल ट्वान्टी २० विश्वकपमा छनोट हुन असफल भएको थियो । यूएईले नेपाललाई ६८ रनले पराजित गरेको थियो ।

मोहम्मद वासिमले ४८ बलमा ७० र वृत्या आनन्दले २३ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ४६ रन बनाएपछि यूएईले १७५/७ को स्कोर बनाएको थियो । जवाफमा नेपाल १८.४ ओभरमा १ सय ७ रन बनाई अलआउट भएको थियो । वासिम अहिले यूएईको कप्तान बनिसकेका छन् भने बिहीबार हङकङसँगको खेलमा नाडीमा चोट लागेका कारण वृत्याले नेपालविरुद्धको सेमिफाइनल खेल गुमाउन पनि सक्ने छन् ।

ट्वान्टी २० विश्वकप छनोट एसिया क्षेत्रको छनोट अघिको नेपाल ट्वान्टी २० आई त्रिकोणात्मक शृंखलामा डबल राउन्ड रोबिन लिगको दुवै खेलमा नेपालले यूएईलाई मूलपानीमा पराजित गरेको थियो । तर फाइनलमा यूएईले नेपाललाई ४ विकेटले पराजित गरेको थियो ।

शुक्रबार मूलपानीमा यूएईसँग सेमिफाइनल खेल्दा यी दुवै खेल पक्कै पनि नेपालको मस्तिकमा हुनेछ । तर नेपालको लक्ष्य अर्को वर्ष हुने ट्वान्टी २० विश्वकपमा हुनेछ । यूएईलाई पराजित गरी दशकपछि नेपाल पुनः ट्वान्टी २० विश्वकप खेल्न आत्तुर छ ।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

सांसदका स्वकीयको योग्यता र भर्ना प्रक्रियामा महालेखाको प्रश्न

सांसदका स्वकीयको योग्यता र भर्ना प्रक्रियामा महालेखाको प्रश्न

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा उपराष्ट्रपति यादवको जोड

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा उपराष्ट्रपति यादवको जोड

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब डलरको हतियार सम्झौता

अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब डलरको हतियार सम्झौता

पाकिस्तानले भारतका कूटनीतिज्ञलाई देशबाट निकालिदियो

पाकिस्तानले भारतका कूटनीतिज्ञलाई देशबाट निकालिदियो

सामाजिक परीक्षण कार्यक्रमको समिक्षा, पारदर्शिता र जवाफदेही सुनिश्चित गर्ने

सामाजिक परीक्षण कार्यक्रमको समिक्षा, पारदर्शिता र जवाफदेही सुनिश्चित गर्ने

शुद्धोधनमा आफ्नो विद्यार्थीहरूलाई विभिन्न खेलकुदमा सफलताका लागि पुरस्कार वितरण गरे

शुद्धोधन गाउँपालिकाको छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न 

शुद्धोधन गाउँपालिकाको छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न 

शुद्धोधन गाउँपालिकाको छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

शुद्धोधन गाउँपालिकाको छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

सिरहाको भैरव पेट्रोल पम्पमा भारुको अनियमितता, सेवागा्रही मार्कामा

सिरहाको भैरव पेट्रोल पम्पमा भारुको अनियमितता, सेवागा्रही मार्कामा

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In