दिनेश कुमार शर्मा
सिरहा २१ कार्तिक । सिरहाको गोलबजार नगरपालिकाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकको मृत्यु प्रकरणको सूक्ष्म छानबिन गर्न माग गर्दै र शिक्षक संगठनद्धारा चक्काजाम गरेका छन् ।
उनीहरूले गोलबजारस्थित पूर्वपश्चिम राजमार्ग एकघन्टा अवरुद्ध पारी प्रदर्शन गरिरहेका छन् । गोलबजार नगरपालिका-३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक सञ्जीवकुमार साह आफ्नै विद्यालयमा आइतबार बिहान मृत भेटिएका थिए ।
मिर्चैया नगरपालिका-६ का साह पासो लागेको स्थानमा रगत देखिएकाले आत्महत्या नभई हत्या भएको शिक्षक संगठनद्धारा आरोप लगाएको छ । शिक्षक संगठनद्धारा घटनाको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने र उचित न्याय पाउनुपर्ने माग गरेका छन् । शिक्षक संगठनद्धारा गोलबजार नगरपालिका घेराउ कार्यक्रम पनि गरेका छ । शिक्षक संगठनद्धारा गोलबजार नगर प्रमुखले बिचार शब्दको परियो गरेकोले त्यो सब्द मिडियाबाट हटाउन चेतावनी पनि दिएको छ । शिक्षक संगठनद्धारा भोलि पनि राजमार्ग बन्दगर्ने घोषणा गरेको छ ।