कार्तिक – २४ गते ,कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकामा संचालित नवीन ईन्स्टिच्युट प्रा.लि पकडीले बृहत् सरसफाई एवम शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। कोरियन भाषा परिक्षामा लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल नविन ईन्स्टिच्युट प्रा.लि मा कोरियन भाषा पास गरेका र कोरियन भाषा अध्ययनरत सम्पूर्ण विद्यार्थी र शिक्षकहरुको संलग्नतामा दिपावली र छ्ठपर्वको अवसरमा बृहत् सरसफाई एवम शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। विश्वव्यापी रुपमा बढ्दो प्रदुषणका कारण ओजनतह मासिदै गएको र मानिसको अकालमय मृत्यु भैरहेको हुनाले नियमित सरसफाईको माध्यमबाट यस्ता विभिन्न रोगहरुबाट मुक्त हुन सकिन्छ भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको भनी नवीन ईन्स्टिच्युट प्रा.लि का सि.ई.ओ एवम् भाषा प्रशिक्षक नवीन चौधरीले भन्नू भयो।
आफ्नो व्यक्तिगत सरसफाइ मात्र नभएर वरिपरीका वातावरण सफा र सुन्दर रहेयो भने मात्र हामी प्रदुषणबाट संक्रमित रोगदेखि बच्न सक्छौ पनि भन्नू भयो। यसैगरी नविन ईन्स्टिच्यु प्रा.लिको आयोजनामा भएको बृहत् सरसफाइ एवम् शुभकामना आदान प्रदान कार्यक्रम एकदमै सराहनीय र उत्कृष्ट कार्य भएको भनी मायादेवी गाउँपालिका वडा नं १ का वडाध्यक्ष मोहम्मद ईसहाक मुसलमानले बताउनु भयो।
सरसफाइ असल र सभ्य नागरिकको पहिचान हुनुका साथै स्वच्छ र सुन्दर राष्ट्र निर्माणमा महत्त्वपूर्ण भूमिका हुने भएकोले यस्ता कार्यक्रमको आयोजनाले युवा लगायत सम्पूर्ण नागरिकहरुमा थप उर्जा हुने भनी मायादेवी साझेदारी वनका अध्यक्ष दिनेश जयसवालले व्यक्त गर्नु भयो।
यसैगरी कार्यक्रममा नवीन ईन्स्टिच्युट प्रा.लि मा कोरियन भाषा अध्ययनरत विद्यार्थी लक्ष्मी थारु र नारायण न्यौपानेले पनि मन्तव्य राख्नु भएको थियो। नवीन ईन्स्टिच्युट प्रा.लि मा कोरियन भाषा अध्ययनरत सायौँ विद्यार्थी ,प्रशिक्षक ,अभिभावक , व्यावसायी लगायत जनप्रतिनिधी ज्यूहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम नवीन ईन्स्टिच्युट प्रा.लि पकडीका प्रबन्ध निर्देशक एवम भाषा प्रशिक्षक इमरान खानले संचालन गर्नु भएको हो।