दिनेश कुमार शर्मा
२७ मंसिर । सिरहाको गोलबजार नगरपालिका ५ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । खेतमा रहेको पानी तान्ने मोटरको तार विद्युतयि वोर्डमा जोडउने क्रममा करेन्ट लागेर स्थानीय रामऔतार सहिँको १८ वर्षयि छोरा रामरिझन सहिँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । करेन्ट लागेर मृत्यु भएका अवस्थामा स्थानयिले देखेपछी प्रहरीलाइ जानकारी गराएका थिए ।
ईलाका प्रहरी कार्यालय गोलबजारले घटनास्थलमा मुचुल्का तयार पारी मृतकको शव पोस्टमार्टमका लागी रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहान लगेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी डीएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिए ।