सिरहा । सिरहामा बालिका बलात्कार गरेको आरोपमा प्रहरी कार्यालय गोलबजारमा बलात्कार आरोपमा उजुरी परेको छ। १४ वर्षिया बालिका बलातकार गरेको आरोपमा गोलबजार नगरपालिका ४ का २१ वर्षिय रोदित दासको विरुद्धमा जाहेरी परेको हो। आरोपीत भने फरार भएका छन्।
विद्यालयबाट फर्किने क्रममा बाटोबाटै ललाईफाकाई गागन खोला किनारमा रहेको लहरीमारीमा पुर्याई विहिवार राती डर त्रास देखाएर दासले बालिकालाई बलात्कार गरेको आफन्तले जनाएको छ।
विहिवार विद्यालय गएका छोरी नफर्केपछि छोरी खोज तलास सुरु गरेका थिए। खोज लागसगर्दा पनि फेला नपरेपछि प्रहरीलाई खवर गरेको बालिकाका आफन्तले बताए। खोजिकै क्रममा शनिवार विहानमात्र गोलबजार ४ को एउटा निर्माणाधिन घरमा आफन्तले फेला पारेर प्रहरीको जिम्मा लगाएको थियो।
प्रहरीको शनिवारै ल्याएको भएपनि बालिकाले प्रहरी समक्ष घटना स्वीकार नर्दा उजुरी दर्ता हुन सकेको थिएन। आफन्तसामु घटनाबारे सुनाएपनि प्रहरीसामु आज आईतबार मात्रै खुलेको बताइएको छ।
इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सुनिल कार्कीले आज जाहेरी दर्ता भईसकेको बताए। इन्सपेक्टरले भने, ‘हिजो हामीसँग बालिका खुलिनन आज आफन्तलाई घटनाबारे सुनाएपछि उहाँहरुकै सहयोगमा प्रहरीकोमा जाहेरी दर्ता भईसकेको छ, आजै स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल सिरहा पठाईएको छ।’
प्रहरीले घटनाबारे थप अनुसन्धानई भईरहेको र घटनामा संलग्नको खोजी भईरहेको जनाएको छ।