दिनेश कुमार शर्मा
पौष ६,सिराहामा प्रहरी नियन्त्रणबाट शुक्रबार एक थुनुवा फरार भएका छन् । बाल यौन दुर्व्यवहारको मुद्दामा लहान प्रहरीको नियन्त्रणमा रहेका लहान-२१ का छोटु सदाय भागेका हुन् । म्याद थप्नका लागि शुक्रबार सिराहास्थित सरकारी वकिल कार्यालय लगिएका समयमा सरकारी वकिल कार्यालय अगाडिबाट सदाय भागेको डीएसपी रवीन्द्रराज पाण्डेले बताए । फरार भएका सदाय बिहीबारदेखि प्रहरी नियन्त्रणमा थिए ।