दिनेश कुमार शर्मा पुस १३ । सिरहाको धनगढीमाई नगरपालिका ६ स्थित गागन खोलामा हत्या गरेर जलाएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
नदीमा अन्दाजी ३०/३५ वर्षीय पुरुषको परालले अधकल्चो जलाएको शव फेला परेको हो । शव पूर्णरुपमा जलेको छैन ।
शव देखेपछि स्थानीयले ईलाका प्रहरी कार्यालय गोलबजारलाई जानकारी गराएको थियो । पहिचान खुल्न नसेको उक्त पुरुषको शव पोस्टमार्टमका लागि अस्पताल लगेको छ ।