सिरहा । सिरहाकोे मिर्चैया नगरपालिका वडा न. ५मा झणडा मेलामा खुलेआम जुवा हुदैं समितिले भने प्रहरीलाई मिलाएको छन् ।
झणडा मेलाको अवसरमा लागेको मेलामा विगत एक सातादेखि जुवा चल्दैछ । जुवा खेलाउन विभिन्न स्ट्यान्डर्ड नै लगाएको छ । रातभर जुवा चल्ने गरेको स्थानीय बताउँछन् । यहाँ प्रहरी सुरक्षामै जुवातास खेलाइएको छ ।
लाखौंको हारमार भइरहेको जुवातासको निश्चित कमिसन दिएकाले प्रहरी मुकदर्शक बनेको स्रोतले बताएको छ ।
मिर्चैयाको झणडा मेलालाई ‘जुवा मेला’ पनि भन्ने गरिन्छ । हरेक वर्ष यहाँ जुवा खेलाइन्छ । जुवा आयोजना गर्नेहरु ‘बाउन्सर’ समेत राखेका छन् । जुवा खेलिरहेको फोटो खिच्न रोक लगाइएको छ । स्थानीयका अनुसार कसैले दृष्य कैद गरेका थाहा पाए बाउन्सरले मोवाइल वा क्यामेरा खोस्छन् ।
धार्मिक मेलामा खुल्ला मदिराको अवैध कारोबारसमेत भइरहेको छ । प्रशासनले ‘आरकेस्ट्रा’ प्रोग्राममा प्रतिबन्ध लगाएको छ , तर यहाँ किशोरीहरूलाई ल्याएर ‘आरकेस्ट्रा’ प्रोग्राम गरिन्छ । मदिरा सेवन गरेर जुवाडेहरु रातभर जुवा खेल्ने गरेको स्थानीयको भनाई छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाको टोली मेलामा सुरक्षार्थ खटेका छन् । मेलामा केही युवाबीच गएराति विवाद हुँदा पुगेका थिए । तर, जुवा खेलिरहेपनि नदेखे झैं गरेर फर्किएका छन् ।
सञ्चारमाध्यमले बुझन् खोज्दा इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले हेर्न लगाउदै छु भने । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षकले मेला लागेको हो कि हैन भने मलाई जानकारी छैन । जुवा भइरहेको गलत रहेको दावी गरे । उनले भने, । जुवा चल्दैन र पुनःसम्पर्क गर्न खोज्दा सम्पर्कमा आएन ।