दिनेश शर्मा
सिरहा,२ माघ : छिमेकी देश भारतको अयोध्यामा राम मन्दिर उद्घाटनले सिरहाको गोलबजारबासीहरुमा उल्लास छाएका छन् ।
गोलबजारका बासिन्दाहरुले अयोध्यामा राम मन्दिर उद्घाटनको दिन गोलबजारमा रहेको राम मन्दिरमा पनि दिप प्रज्वलन तथा विभिन्न कार्यक्रमहरु गर्ने भएको छ।
गोलबजार नगरपालिका वडा न-४ मा रहेको राम मन्दिरमा भोलि देखि रङरोगन र बजारहरुमा झिलिमिलीबति तथा सरसफाइको काम सुरु गर्ने कार्यक्रमका सहयोगकर्ता तथा उध्योग बाणिज्य संघ गोलबजारका उपा-अध्यक्ष राकेश गुप्ताले जान्कारी दिए । उपा-अध्यक्ष गुप्ताले भने,भारतको अयोध्यास्थित २२ जनवरीमा राम मन्दिर उद्घाटन गरिने भनी समयसिमातय भएको विभिन्न माध्यमबाट जानकारी पाएपछि यहाँका स्थानीयहरु उल्लासित हुँदै त्यस्ता कार्यहरु गर्न लागेका छन् ।हिजो गोलबजार नपा-४ का सम्पुर्ण स्थानियबासिहरु बसेर यस्तो निर्णय गरेको जनाए।धार्मिक आस्थालाई झल्काउन राम मन्दिर उद्घाटनको अवसरमा गोलबजारबासीले २२ जनवरिको दिन दिप प्रजव्लन तथा रथ यात्रा समेत जस्ता कार्यहरुको आयोजना गरिएको उनले बताए ।
यसैगरी, २२ जनवरीलाई लक्षित गरेर मधेश प्रदेशको राजधानी जनकपुरबाट मधेशको पौरानीक सांस्कृति अनुसार सयौंको संख्यामा भार अयोध्याका लागि प्रस्थान गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
तराई मधेशको कल्चर अनुरुप लडु, खाजा तथा विभिन्न प्रकारका अन्य फलपूले सु–सज्जित गरेर अयोध्याका लागि प्रस्थान गरेको उनीहरुले बताएका हुन्