सिरहा । छिमेकी रास्ट्र भारतको अयोध्यामा राम मन्दिर उद्घाटन अवसरमा सिरहा गोलबजारका नागरिक समाजले स्थानीय राम मन्दिरमा उत्साह छाएका छ ।
गोलबजार नगरपालिका वडा न . ४ मा रहेको राम मन्दिरमा रङरोनक र बजारहरुमा झिलिमिलीवति तथा श्रद्धालु भक्तजनहरु उत्साहित देखिएका छन् ।
स्थानीय ब्यापारी मुकेश कुमार रायले भने अयोध्या स्थित राम मन्दिर उद्घाटन हुने भएकोले विभिन्न माध्यमबाट जानकारी पाए पछि यहाँका स्थानीय ब्यापारीहरुले उत्साहित भएर त्यस्ता कार्यहरु गरेको छन ।
हिन्दु आस्थालाई झल्काउन राम मन्दिर उद्घाटनको अवसरमा गोलबजार वाशीले आजको दिन दिप प्रजव्लन तथा रथ यात्रा समेत जस्ता कार्यहरुको आयोजना गरिएको उनले बताए ।
मधेस प्रदेशको राजधानी जनकपुरबाट मधेशको पौरानीक सांस्कृति अनुसार सयौंको संख्यामा भार अयोध्याका लागि प्रस्थान गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
मधेशीको प्रम्परा अनुरुप लडु, खाजा तथा विभिन्न प्रकारका अन्य फलफुलले सु–सज्जित गरेर अयोध्याका लागि प्रस्थान गरेको उनीहरुले बताएको हो ।