सिरहा, सिरहाको अर्नमामा फागुन १३ गते देखि दादुरा-रुवेला विरुद्धको खोप अभियान सञ्चालन भएको छ । स्वास्थ्य कार्यालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार दादुरा-रुवेलाको जोखिम रहेका ५१ वटा जिल्लामा खोप अभियान संचालन गरिन लागेको हो ।
अर्नमा गाउँपालिका ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा -रुबेला विरुद्धको खोप लगाउने लक्ष्य रहेको गा.पा अध्यक्ष अशोक कुमार याबदले जनाएको छ ।
दादुरा रोग मिजल्स भाइरसबाट हुने अति छिटो सर्ने संक्रामक रोग हो । रुबेला रोग रुबेला भाइरसबाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । यी रोगहरू सामन्यतयाः ५ वर्ष मुनिका बालबालिकामा धेरै हुने गरेको छ र छिट्टै फैलिएर महामारी हुनसक्छ ।
तराईका भारतसँग सीमा जोडिएका दादुरा-रुवेलाको अतिसंक्रमित २१ जिल्लामा ९ महिनादेखि १५ वर्ष सम्मका बालबालिकालाई दादुरा -रुबेलाको खोप लगाइने र बाँकी जिल्लामा ८ महिना देखि ५ वर्षमुनिका बालबालिकालाई खोप लगाइनेछ ।
अर्नमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिनोद प्रधानले भने ज्वरो आउनु र शरीरमा राता बिमिरा देखापर्नु दादुरा र रुबेला रोगका मुख्य चिन्ह, लक्षण हुन् । नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा राता हुने, आँखा पाक्ने जस्ता रूघा खोकीका लक्षण,चिन्हहरू पनि देखिन सक्छन् बताए हो ।