सिरहा । स्थानीय तहको वित्तीय जोखिम मूल्यांकनको अन्तिम नतिजामा मिर्चैया नगरपालिका मधेस प्रदेशकै सर्वोत्कृष्ट अङ्क प्राप्त गरको छ ।
मधेस प्रदेशको आठ जिल्लाका १३६ स्थानीय तहहरूमध्ये सर्वोत्कृष्ट ८६ अङ्क ल्याएर मधेसको एक मात्रै नगरपालिका मिर्चैया नगरपालिकाले प्रथम स्थान बनाउन सफल भएको हो ।
त्यसैगरी, दोस्रो स्थानमा जनकनन्दिनी गाउँपालिकाले ७९ अङ्क , तेस्रो स्थानमा लालबन्दी नगरपालिकाले ७८ अङ्क, चौथो स्थानमा गौर नगरपालिकाले ७६.५ अङ्क , प्राप्त गरेको छ । त्यसैगरी, पाँचौँ स्थानमा बरहथवा नगरपालिकाले ७४ अङ्क प्राप्त गरेको छ ।
नगर प्रमुख श्रवण कुमार यादवले भने वित्तीय अभिवृद्धि गर्नका लागि स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन तथा वित्त व्यवस्थापनको सम्भावित जोखिम क्षेत्रहरूको पहिचान र यसको लेखाजोखा गर्ने उद्देश्यले नेपाल सरकारले वित्तीय मूल्यांकन कार्यविधि जारी गरेको बताए ।