सिरहा , सिरहाको मिर्चैया नगरपालिकामा वार्षिक बोर्ड परिक्षा (कक्षा ८) सुरू भएको छ । नगरपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा शुक्रबारदेखि परीक्षा सुरु भएको हो।
२०७४ सालदेखि स्थानीय तहबाट आधारभूत तह (कक्षा ८) को परीक्षा हुँदै आएको छ।मिर्चैया नगरपालिका स्तरीय परीक्षाको रुपमा सञ्चालित परीक्षामा मिर्चैया नगरपालिकामा ६ वटा सामुदायिक विद्यालय र १६ वटा निजी विद्यालय सहभागी छन्
१ हजार २ सय ४५ विद्यार्थीले परिक्षा दिएका छन्। आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको थियो। परिक्षालाई अनुशासित र मर्यादित बनाउन मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादव नेतृत्वको टोली अनुगमन समेत गरेको थियो। उक्त अनुगमन टोलीमा नगर प्रमुख,यादव ,शिक्षा शाखा प्रमुख ,रोजगार शाखाको हेम नारायण यादव , जिन्सी श्रवण महतो , प्रशासन शाखा जित साह, रेमी प्रयोजनाको युवराज , र इन्द्रजित यादव थिए ।अनुगमन टोलीले सितापुर फुलवरिया ,श्रीमोहन माध्यमिक ,शारदा माध्यमिक बिद्यालय र परिक्षा केन्द्र तोकिएको बिद्यालयहरुमा सञ्चालित परीक्षाको अनुगमन गरेको थियो।
अनुगमन गरिएका विद्यालयमा विद्यार्थीको सहभागीता राम्रै थियो।नगर प्रमुख यादवले भने।मिर्चैया नरपालिकाले शिक्षालाई गुणस्तरीय बनाउन जोड दिएको छ। ‘सबै विद्यालयमा भौतिक पूर्वाधार प्रयाप्त छन्, शिक्षाको गुणस्तर सुधार थप गर्नुपर्नेछ,’ नगर प्रमुख यादवले भने, ‘शिक्षाको गुणस्तर सुधारका लागि नगरपालिकाले निरन्तर अनुगमनका साथै काम गर्नेलाई सम्मान तथा तोकिएको काम नगर्नेलाई दण्ड गर्नेछ।’