सिरहा । सिरहा गोलबजार कामना सेवा विकास बैंक गोलबजार शाखाले वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।गोलबजार नगरपालिकाका मान्ति देवी साहको प्रमुख अथितीमा कार्यक्रम आयोजना गरिएको उक्त कार्यक्रममा गोलबजार नगरपालिकाका सम्पुणर् वडा अध्यक्ष,सदस्य तथा नगर प्रतिनिधिहरूको सहभागी भई साक्षरता प्रदान गरेका थिए ।
एक सय जनाभन्दा बढी स्थानीय महिला , साना व्यवसायी तथा अन्य व्यक्तिहरूको सहभागीता रहेको उक्त कार्यक्रमहरूमा बचत र खर्चको व्यवस्थापन, ऋण प्रक्रिया र उचित प्रयोग, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सर्तकता सुरक्षित रेमिट्यान्स प्रणाली लगायतका विषयमा साक्षयरता प्रदान गरेको थियो ।
मान्ति देवी साहले भने कामना सेवा विकास बैंकले वित्तीय साक्षरताको अभावमा मानिसहरूले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूणर् व्यक्तिहरूको पहुँच पुगोस्, डिजिटल कारोबारका बारेमा व्यक्तिहरू अभ्यस्त बनुन्, आफ्नो व्यवसायिक योजनालाई बैंकको सहायताले बढाउन सकियोस् र त्यसले व्यक्तिहरूको आर्थिक आर्जन बढाई उनीहरूको जीवनस्तर पनि बढाउन सकियोस् भन्ने उद्देश्य साथ देशव्यापी रूपमा वित्तीय साक्षरता कार्यक्रम गर्न लागेको बैंकले सफल रहोस समेत बताएको छ ।
वित्तीय साक्षरता कार्यक्रमलाई अझै प्रभावकारी बनाउन बैंकका प्रदेश प्रमुख प्रबन्धक दिमश अमात्यको कार्यक्रममा सहभागी भए । उनले वित्तीय साक्षरताको महत्व पैसाको प्रयोग र उपयोगीताबारे सहभागीहरूलाई साक्षर हुन आग्रह गरे।
गोलबजार शाखाका प्रबन्धक कौशल अधिकारीको सहभागीतामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो ।