TodayEjor
Thursday, October 16, 2025
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

इलामको उपनिर्वाचनबारे मुख्य ३ दल र पहिचान पक्षधरको प्रतिक्रिया के छ ?


इलामको उपनिर्वाचनबारे मुख्य ३ दल र पहिचान पक्षधरको प्रतिक्रिया के छ ?

Loading

इलाम । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा विजयी नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले बुबा सुवासचन्द्र नेम्वाङले गरेको महत्वपूर्ण कामको व्याजस्वरुप मतदाताले सम्मान प्रकट गरेको बताएका छन् ।

सुवास नेम्वाङले विगतमा राष्ट्रको नीति निर्माण र संविधान निर्माणमा गरेको योगदानको मतदाताले मूल्यांकन गरेको सुहाङले अनलाइनखबरसँग बताए । ‘यो हामीले जति जे प्राप्त गर्यौं, त्यो हामीले ब्याज प्राप्त गरेको हो,’ सुहाङले थपे, ‘हाम्रो बलियो संगठन र पछिल्लो अवस्थामा निर्माण भएको राजनैतिक परिस्थितिका कारण पनि उपनिर्वाचनमा हाम्रो विजय सम्भव भएको हो ।’

इलामका युवा, किसान, विद्यार्थी, पेशाकर्मी, व्यवसायीहरुको समस्याका कारण पत्ता लगाएर नीतिगत रुपमा समाधान गर्ने सुहाङले बताए । उनले भने, ‘एमालेको मात्र नभएर इलामको अनि देशकै नागरिकको आवाज राख्नेछु । हाम्रा इलामका मसिना समस्याहरुको नीतिगत समाधानका लागि पार्टीमा समेत कुरा राख्नेछु ।’

एमाले इलामका सहसचिव रविन्द्र सुवेदीले एमालेको सान्दर्भिकतालाई उपनिर्वाचनले पुष्टि गरेको प्रतिक्रिया दिए ।

नेपाली कांग्रेस इलामका सचिव निरोज खड्गीले विजयी सुहाङलाई बधाई तथा शुभकामना दिएका छन् । लोकतान्त्रिक प्रकृयामा सहभागी भएर नेपाली कांग्रेसले पाएको जनमतलाई पार्टीले सहर्ष स्विकार गरेको सचिव खड्गीले बताए । उनले भने, ‘कांग्रेसले विगतको बर्षमा प्राप्त गरेको समानुपातिक मत जोगाउँदा पनि जित निकाल्न सकिएन, लोकतन्त्रमा हामी यसलाई स्विकार गर्छौं ।’

पहिचान पक्षधर स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिं थेगिमले पाएको मतले पहिचानको मुद्दा स्थापित गरेको बताए । छोटो समयमा चुनावी माहौल तयार गरेर आफुलाई तेश्रो स्थानमा उभ्याउनु पनि सफलता नै भएको बताए । उनले भने, ‘५० औं बर्षदेखि जरा गाडेर बसेका दुई पार्टीहरुका बीच हामीले हाम्रो मुद्दालाई स्थापित गरेका छौं ।’

उनले थपे, ‘लोकतन्त्रमा जित-हार हुन्छ, तर हामी जितको मानसिकता लिएर अब पहिचानलाई सबै जातजातिलाई बुझाउने गरी अघि बढ्ने तयारी गर्नेछौं ।’

स्वतन्त्र उम्मेद्वारको रुपमा धरान उपमहानगरपालिकाको मेयर पद जितेका हर्क साङपाङले यस उपनिर्वाचनमा पहिचान पक्षधरहरुले हारेर पनि जितेको बताएका छन् । उनले फेसबुकमा स्ट्याटस लेख्दै पहिचानको मुद्दा स्थापित भएको संकेत गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले अपेक्षा गरेभन्दा कम मत आएको बताए । उनले भने, ‘अपेक्षा गरेभन्दा कम मत आयो, तर दलहरुले इलाममा निर्वाचन आचारसंहिता मौन अवधिमा मतदाता प्रभावित गर्नेगरी काम गर्दा रहेछन्, यो काम नरोकिएसम्म लोकतन्त्र सुदृढ हुँदैन ।’ उनले यस्तै कार्यहरु रोक्दै लोकतन्त्र सुदृढ पार्ने काममा रास्वपा प्रतिबद्ध रहेको प्रतिक्रिया दिए ।

टुडे इजोर

टुडे इजोर

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In