TodayEjor
Thursday, February 26, 2026
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

सङ्घबाट प्रदेश मन्त्रालयका सचिवमा पठाइएका डा. ठाकुरको हाजिरमा रोक


सङ्घबाट प्रदेश मन्त्रालयका सचिवमा पठाइएका डा. ठाकुरको हाजिरमा रोक

Loading

 

जनकपुरधाम । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट मधेश प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका सचिवमा पठाइएका डा.सञ्जय ठाकुरलाई मन्त्रालयका कर्मचारीहरूले फिर्ता पठाएका छन् ।

मन्त्रालयका कर्मचारीहरूले प्रदेशकै एघारौँ तहका वरिष्ठ कर्मचारी डा.प्रमोदकुमार यादव सचिव हुँदाहुँदै पनि सङ्घले कानुन मिचेर सोही तहका कर्मचारीलाई सचिवका रूपमा पठाएपछि हाजिर हुन नदिइएको बताए ।

स्वास्थ्यतर्फ प्रदेशमा कार्यरत सङ्घका कर्मचारीहरू प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा.रामनरेश पण्डित, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.श्रवण मिश्र, प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक डा.मनिष पाण्डे र मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानका रजिस्ट्रार डा.विनोदकुमार यादवसहित मंगलबार मन्त्रालयमा हाजिर गर्न पुगेका डा.ठाकुरलाई मन्त्रालयका कर्मचारीहरूले पदस्थापित हुन दिएनन् ।

मन्त्रालयका कर्मचारीको अवरोधपछि सचिवका रूपमा हाजिर हुन नपाएका सङ्घीय स्वास्थ्य मन्त्रालयका एघारौँ तहका कर्मचारी डा.ठाकुर पदस्थापनाका लागि दबाब दिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् । डा. ठाकुरका पक्षमा वकालत गर्न त्यहाँ पुगेका मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानका रजिस्ट्रार डा.विनोद जसपा नेतृत्वको पहिलो प्रदेश सरकारका पालामा राजनीतिक नियुक्ति प्राप्त अधिकारी हुन् ।

कर्मचारी समायोजन ऐनले प्रदेश कानुन बमोजिम प्रदेश सचिवको पदपूर्ति भएपछि त्यस्तो पद स्वतः प्रदेश निजामती सेवाको पद मानिने उल्लेख छ । एघारौँ तहका डा. प्रमोद प्रदेश कानुनबमोजिम सचिवमा नियुक्त पदाधिकारी हुन् । कानुनअनुसार उनको पद अर्थात् मन्त्रालयका सचिव स्वतः प्रदश निजामती सेवाको पद मानिन्छ ।

प्रदेशका स्वास्थ्य तथा जनसँख्या सचिव डा.प्रमोदसँग व्यक्तिगत रिसिइबीका कारण उनी डा.ठाकुरलाई सचिवको कुर्सीमा बसाउन प्रदेशमा कार्यरत सङ्घका अन्य कर्मचारीका पछि लागेर मन्त्रालय पुगेको मन्त्रालयका एक कर्मचारीले बताए ।

‘प्रदेश सरकारलाई सङ्घको लाचार छाया बनाइएको छ । प्रदेशले सचिव नियुक्त गरिसकेपछि सङ्घबाट सचिव पठाउनु भनेको प्रदेशको क्षेत्राधिकार मिच्नु हो । यसले प्रदेश सरकारको अस्तित्व र गरिमा दुवैमाथि प्रहार भएको छ,’ मन्त्रालयका एक कर्मचारीले भने ।

ती कर्मचारीका अनुसार आर्थिक वर्षको अन्त्यमा मन्त्रालयमा सचिव फेरिनुको पछाडि प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका कार्यक्रमलाई निष्फल र निष्प्रभावी बनाउने षड्यन्त्र हो ।

प्रदेश निजामती कर्मचारी ऐनमा प्रदेश निजामती सेवाका कर्मचारीहरू प्रमुख सचिव र सचिव पदमा बढुवा नहुन्जेलसम्म प्रदेश निजामती सेवाका कर्मचारीबाट विशिष्ठ श्रेणीका कर्मचारीलाई प्रमुख सचिव र राजपत्राकिंत प्रथम श्रेणीका कर्मचारीलाई मन्त्रालयका सचिवमा कामकाज गराउन सकिने उल्लेख छ । सेवा प्रवाह गर्न अपुग भएमा नेपाल सरकारसँग कर्मचारी माग गर्न सक्ने आधारमा सो गर्न सकिने ऐनमा भनिएको छ ।

प्रदेशका मन्त्रालय सचिवमा एघारौँ वा बाह्रौ तहका अधिकृत रहने व्यवस्था छ ।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

लामिछाने भोलि कपिलवस्तु आउदैँ

लामिछाने भोलि कपिलवस्तु आउदैँ

‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस

‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

सहभागिता मुलुक गुणस्तरीय निर्धारण प्रणालीबारे पालिका स्तरमा प्रस्तुतिकरण तथा मुल समिति गठन

सहभागिता मुलुक गुणस्तरीय निर्धारण प्रणालीबारे पालिका स्तरमा प्रस्तुतिकरण तथा मुल समिति गठन

कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

कपिलवस्तुबाट  मुस्लिम महिला नेत्री रबिना खान समानुपातिकमा सिफारिस    

कपिलवस्तुबाट मुस्लिम महिला नेकपाबाट रबिना खान समानुपातिकमा सिफारिस

कपिलवस्तुबाट  मुस्लिम महिला नेत्री रबिना खान समानुपातिकमा सिफारिस    

सिरहामा रिलायबल लाइफ इन्स्योरेन्सले बिमा मृत्यु दाबी भुक्तानी गरे ।

सिरहामा रिलायबल लाइफ इन्स्योरेन्सले बिमा मृत्यु दाबी भुक्तानी गरे ।

अमन इन्टरप्राइजेजले TVS मोटर कम्पनीले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा

अमन इन्टरप्राइजेजले TVS मोटर कम्पनीले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In