सिरहा जिल्लाको गोलबजार स्थित प्रहरी कार्यालय छेउमै खुल्लेआम यौनधन्दा भइरहेको छ ।गोलबजार नगरपालिका वडा नं. ६ मा रहेको ईलाका प्रहरी कार्यालयको छेउमै निर्वाध रुपमा अवैद्य रुपमा यौनधन्दा सँचालनमा रहेको छ ।
गोलबजारको अधिकांश ठाउँमै खुल्लेआम यौनधन्दा भएपनि प्रहरी मौन बसेको छ । स्टीँग अपरेशन गर्दै यौनधन्दा प्रहरीकै रोहबर र मिलोमत्तोमा सँचालन भएको खुलेको छ ।
अहिले पनि गोलबजारमा यौन धन्दा फस्टाएको छ । सिरहाको विभिन्न बजारमध्ये गोलबजार पनि एक नमुना बजारको रुपमा परिचित छ । पूर्वपश्चिम राजमार्गमै पर्ने गोलबजारको विभिन्न नयाँ -नयाँ होटलहरुमा खुल्लेआम यौनधन्दा भइरहेको पाइएको छ ।
स्टीँग अपरेशनको क्रममा लिइएको एक भिडियोमा महिलाले प्रहरीहरु पनि बाहिरबाट यहाँ आएर बसेपछि यौन प्यास मेटाउन यही आउने गरेको बताएकी छन् । केही महिना अघि नै स्टीँग अपरेशन गर्दा प्रहरीले होटल, लज, गेष्ट हाउसबालाहरुसँग यौनधन्दा वापत अवैद्य रकम उठाउने गरेको अडियो सहित खुलासा गरेको थियो ।
ईलाका प्रहरी कार्यालय गोलबजारको पूर्वपट्टी छेउमा रहेको एक घरमा महिलाले यौनधन्दा चलाउँछिन । स्टीँग अपरेशनको क्रममा यौनधन्दा चलाउने महिला भन्छिन (भिडियो प्रमाण सुरक्षित)