राकेश मण्डल (धानुक),कार्तिक- १३, । हिन्दुहरुको महान चाडपर्व शुभ दिपावली तथा छठ पर्वको अबसरमा अर्नमा गाउँपालिकाको प्राङ्गणमा आयोजना गरिएको गा. पा. स्तरीय हाजिरी जवाफ तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ। उक्त कार्यक्रममा बिशेश गरी मधेशमा मनाउने चाडपर्व समा चकेबा, जाटजटनि, झिझिया लगायतका विभिन्न लोक संस्कृति तथा मधेसी लोक भाषाका संस्कृति झल्काउने भेषभुसाका आकर्षक नृत्य बिद्यार्थी भाइबहिनीहरुले प्रदर्शन गरेका थिए।
उक्त कार्यक्रममा सभा अध्यक्षको आसनमा अर्नमा गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नथुनी साह, प्रमुख अतिथिमा गा. पा. उपाध्यक्ष शोभा कुमारी साह, बिशिस्ट अतिथिमा प्रमुख प्रशासकीय अधिकृत द्रोपती यादव, अतिथिहरुमा गाउँसभा सदस्य, विभिन्न पार्टीका प्रतिनिधि, बिधालय ब्यबस्थापनका सदस्यहरु, जनप्रतिनिधिहरु, बिधालयका प्र.अ. तथा शिक्षकहरू, बुद्धिजीवी, समाजसेवी, अभिभावक, इलाका प्रहरी कार्यलयका प्रतिनिधि, स्वास्थ क्षेत्रका कर्मचारीहरु, पत्रकार लगायत हजारौंको सङ्ख्यामा बिद्यार्थी भाइबहिनीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष अशोक कुमार यादव बिशेष कार्य ब्यस्तताले कार्यक्रमको शुरूवातमा उपस्थित हुन नसकेको दुख व्यक्त गर्दै, यादवले मैथिली संस्कृति पर्व मध्यको एउटा मुख्य पर्व छठ रहेकोले परिवारको सुख, शान्ति र चिरायुका लागि कामना गर्दै शुभकामना व्यक्त गरे। साथै विद्यार्थी भाइबहिनीहरुको कला प्रतिभालाई उजागर गर्नको लागि, आफु जतिबेला नि प्रयासरत रहने प्रतिबद्धता जनाउँदै सम्पुर्ण बिधालयका शिक्षकहरूलाई इमानदारीपूर्वक शिक्षण क्रियाकलापमा सक्रियता देखाउन आग्रह गरेका थिए।
यसैगरी अर्नमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत द्रोपती यादबले बिद्यार्थीहरुको चौतर्फी बिकासका लागि शिक्षकहरूको मेहनत र बिद्यार्थीहरुको लगनशीलताको अति नै जरुरी रहेको साथै पोसाकको महत्त्व बारे चर्चा परिचर्चा गर्दै, सम्पुर्ण शिक्षक र बिद्यार्थीहरुलाई पोसाकमै बिधालय जान आग्रह गरेका थिए।
कार्यक्रममा अर्नमा गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नथुनी साहले तिहार र छठ पर्वको शुभ अबसरमा सुख, समृद्धि, स्वास्थ, अटल सौभाग्य, दिर्घायु तथा उक्तरोक्तर प्रगतिको कामना सहित बिद्यार्थीहरुको शिक्षा स्तोर उकास्न शिक्षकहरूले नियमित रुपमा शैक्षिक क्रियाकलापमा सक्रियता देखाउनु पर्छ भने कुरामा जोड दिदै आफ्ना मिठो मन्तव्य राखेका थिए।
गा.पा. स्तरीय हाजिरी जवाफ तथा नृत्य प्रतियोगितामा नृत्य तर्फ श्री ज.क.मा. बि. गौरिपुर ३९.३३ अङ्क प्राप्त गरी प्रथम भएका छन भने श्री आ. बि. महेशपुर धोक्रे अर्नमा ३८.५ अङ्क प्राप्त गरी द्वितीय र श्री मा.बि. कालिका जगतगन्ज अर्नमाले ३८ अङ्क प्राप्त गरी तृतीय स्थान हासिल गरेका छन्। उक्त कार्यक्रममा जम्मा ११ वटा बिधालयहरुले भाग लिएका थिए। यसैगरी हाजिरी जवाफ प्रतियोगिता तर्फ श्री ज.क.मा.बि. गौरीपुर – प्रथम, श्री पु. म. श्रेष्ठ मा. बि. अर्नमा – द्वितीय र श्री ज.प्रा.मा.बि.ब्रहमपुरि – तृतीय स्थान हासिल गर्न सफल भएका छन्।
कार्यक्रमको उदघोष अर्नमा गा.पा. योजना शाखा प्रमुख संजय कुमार ठाकुरले गरेका थिए भने बिशेष सहयोगीको रुपमा प्राबिधिक शाखा प्रमुख इन्जिनियर दिलीप कुमार यादब र पञ्जिकरण तथा महिला बिकास शाखा प्रमुख राजिब यादब रहेका थिए।