प्रभुनाथ गुप्ता
लबनी कपिलवस्तु , १७ माघ । जिल्ला कपिलवस्तुको शुद्धोधन गाउपालिकामा छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता बिहीबारदेखि सुरुवात भएको छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, अनुशासन र पहिचानका लागि खेलकुद भन्ने नाराका साथ जिल्लाको शुद्धोधन गाउपालिकामा पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता, २०८१ सुरु भएको हो । खेल वडा नम्बर २ को वरगदहवाको खेलमैदानमा सुरू भएको छ । खेलको शुभरम्भ कपिलवस्तुको क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्य मधुसूदन शरण चौधरीले उदघाटन गरेका हुन् ।
चौधरीले पालिकास्तरमा आयोजना हुने यस्ता खेलले खेलाडी पहिचान र राष्ट्रिय एवम अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुर्याउने बताए । खेलले खेलाडी उत्पादनमा मात्र नगरी शारीरिक स्वास्थ्यका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने बताउँदै । कार्यक्रममा विद्यार्थी खेलाडीहरूको अग्रिम बिजयीको शुभकामना व्यक्त गरे ।
शुद्धोधन गाउपालिका अध्यक्ष कमलेश शरण चौधरी वडाअध्यक्ष मनोज कुमार यादव त्यसैगरी मायादेवी गाउपालिकाका पूर्व अध्यक्ष बजारङ्गी चौधरी यस कार्यक्रममा लगायत बोल्दै खेलकुदमा उत्कृष्ट खेल प्रदर्शन गर्न खेलाडीलाई शुभकामना दिंदै छैठौं राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप प्रतियोगिताले जिल्लास्तरीय खेलकुद प्रतियोगितामा विद्यार्थीहरुलाई सहभागी हुन मद्दत पुग्ने बताए ।
यस कार्यक्रममा खेल संयोजक घनश्याम चौधरीले खेलकुद विद्यार्थीहरुको लागि अपरिहार्य रहेको बताउँदै कार्यक्रम सफलताको शुभकामना दिए । शिक्षा शाखा प्रमुख धनी प्रसाद शर्मा लगायतले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले बिद्यार्थीको खेलकुद विकासलाई सकारात्मक टेवा पुग्ने बताउनुभएको थिए ।