प्रभुनाथ गुप्ता
माघ १९ लबनी , कपिलवस्तु
छैठौं राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता, २०८१ आज सम्पन्न भएको छ।
छैठौं राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता, २०८१ आज सम्पन्न भएको छ। विभिन्न १३ खेलहरुमा सञ्चालन गरिएकोमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बिमिहा प्रथम, पूर्ण केशर माध्यमिक विद्यालय बगदी द्वितीय र माध्यमिक विद्यालय तृतीय स्थान हासिल गर्न सफल भएका छन्।
यस प्रतियोगितामा छनौट भएका खेलाडीहरू शुद्धोधन गाउपालिकाको प्रतिनिधित्व गर्दै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगितामा सहभागी हुनेछन्। विजेता खेलाडीहरूलाई गाउपालिका अध्यक्ष कमलेश शरण चौधरी , प्रमुख अतिथि जिल्ला समन्वय समिति उपप्रमुख रमेश कुर्मि बिशिस्ट अतिथि वडा नम्बर २ का वडाअध्यक्ष मनोज कुमार यादव , वडा नम्बर १का वडाअध्यक्ष मोहम्मद ताहिर खान, खेल गत अहिले सम्मकै उत्कृष्ट सान्त र विवाद रहित भएको शिक्षा प्रमुख धनि प्रसाद शर्माले बताउनु भयो । र कार्यक्रम सन्चालन मोहन अर्याल गर्नुभएको थियो । यस कार्यक्रममा खेल संयोजक घनश्याम चौधरीले सदस्य तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
समापन कार्यक्रमको अध्यक्षता गर्नुभएका गाउपालिका अध्यक्ष कमलेश शरण चौधरीले सहभागी सम्पूर्ण विद्यालय तथा खेलाडीहरूलाई धन्यवाद दिँदै छनौट भएका खेलाडिहरूलाई जिल्लास्तरिय प्रतियोगिताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो।