माघ २०, कपिलवस्तु । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकामा सुधारिएको खाद्य प्राणी अन्तर्गत आयोजित सामाजिक परीक्षण कार्यक्रमले विभिन्न कार्यक्रमहरूको समिक्षा, पारदर्शिता र जवाफदेही सुनिश्चित गर्ने उद्देश्य राखेको थियो।
कार्यक्रमको सञ्चालन ओम प्रकास बिनियाले गरेका थिए, र यसमा अध्यक्षका रूपमा कालिका सामाजिक स्वालम्बन केन्द्रका अध्यक्ष मनदिप सिंहले नेतृत्व दिएका थिए। प्रमुख अतिथि शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी थिए, र विशिष्ट अतिथि शुद्धोधन गाउँपालिका उपाध्यक्ष होम प्रकाश चौधरी रहेका थिए।
कार्यक्रममा शुद्धोधन गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरू, वडा नं. १ देखि ६ का स्वास्थ्य शाखा प्रमुखहरू, कृषक र अन्य स्थानीय समुदायका प्रतिनिधिहरूको पनि उपस्थिती रहेको थियो।
यस कार्यक्रमको मुख्य उद्देश्य कार्यक्रमहरूको समिक्षा गरेर सुधार र पारदर्शिता ल्याउने र भविष्यमा अझ प्रभावकारी कार्यक्रम सञ्चालनका लागि जवाफदेहीता सुनिश्चित गर्नु थियो।