कपिलवस्तु — कपिलवस्तु नगरपालिका वडा नं.१ का वडा अध्यक्ष मोहम्मद जाहिद खानले गणतन्त्र दिवसको पावन अवसरमा सबै नेपाली दाजुभाइ दिदीबहिनीलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले भन्नुभयो, “गणतन्त्र दिवसले हाम्रो देशको लोकतान्त्रिक यात्रा र स्वतन्त्रताको महत्वलाई झल्काउँछ। यो दिवसले हामी सबैलाई राष्ट्रिय एकता, समानता र सामाजिक न्यायको भावनालाई अझ बलियो बनाउन प्रेरित गर्दछ।”
वडा अध्यक्ष मोहम्मद जाहिद खानले सबै नागरिकमा लोकतन्त्र र संविधान प्रतिको सम्मान र जागरूकता बढाउनु पर्नेमा जोड दिनु भयो। “हामी सबैले मिलेर भ्रष्टाचारमुक्त, समृद्ध र शान्त नेपाल निर्माण गर्न सक्रिय भूमिका खेल्न आवश्यक छ,” उहाँले बताउनुभयो।
उनले विशेषगरी युवाहरुलाई पनि देश निर्माणमा समर्पित भएर अघि बढ्न प्रेरित गर्नुभएको छ र गणतन्त्र दिवसले देशमा नयाँ आशा र विश्वासको सन्देश ल्याउने विश्वास व्यक्त गर्नुभयो।
अन्तमा उहाँले सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रको सिद्धान्तमा स्थापित गर्न सबैको योगदान आवश्यक रहेको बताउनुभयो।