नेकपा एमाले मधेस प्रदेशको बैठकबाट प्रमोद जयसवाललाई फिर्ता बोलाउने समाचार गलत प्रकाशन गरेका छन् ।
शनिवार महोत्तरीको बर्दिबासमा सम्पन्न नेकपा एमाले मधेस प्रदेश समितिको चौथो बैठकले मन्त्री जयसवाललाई फिर्ता बोलाउने गलत समाचार प्रकाशन गरेको हो ।
नेकपा एमाले मधेस प्रदेशका अध्यक्ष चन्देश्वर मण्डलले प्रदेशको बैठकले खेलकुद तथा समाज कल्याण मन्त्रालय , भौतिक पुर्वधार विकास मन्त्रालय तथा गृह ,संञ्चार तथा कानुन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रीहरु अथावत राख्ने निर्णय गरेको छ ।
बैठकमा एमालेका मधेस प्रदेश उपाध्यक्ष बिचारी यादवले मन्त्री जयसवाललाई फिर्ता बलाउन प्रस्ताव पेस गरेका थिए । मन्त्री जयसवालले कमिसन लिएर योजनाहरू बिक्री गरेको, बिचौलिया मार्फत खुल्लम खुल्ला योजना दिए बापत ३ देखि ५ प्रतिशत कमिसन माग्ने गरेको र कमिसनकै कारण ५ करोड रकम फ्रिज भएको र आफ्ना नातेदारलाई योजनाहरू दिएको आरोप लगा उनलाई फिर्ता बोलाउने यादवले ब्यतिगत अभिव्यती दिएका छन् । भनि अध्यक्ष मण्डलले पार्टीगत निर्णय राख्ने समाचारमा पाइन्छ भने बताए ।
उपाध्यक्ष बिचारी यादवका कारण पार्टीको इज्जत प्रतिष्ठा माथि प्रश्न उठेपछि आउने बैठकमा यस विषय माथि छलफल गर्नै ब्यतिगत अभिव्यती दिन मिल्दैन मण्डलले बताए ।
प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता तथा पार्टीका मधेस प्रदेश इन्चार्ज तथा सांसद लिला नाथ श्रेष्ठको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको थियो ।
बैठकमा सांसद ज्वाला साह, जुलि महतो, प्रभु हजरा आठ वटै जिल्लाका इन्चार्ज लगायत कमिटीका सदस्यहरूको उपस्थिति थियो ।