![]()
शुद्धोधन, कपिलवस्तु | असोज ५, शुद्धोधन गाउँपालिका अन्तर्गत मलखाद कारोबार गर्दै आएका सहकारी संस्थाहरूको संयुक्त बैठक मंगलबार सम्पन्न भएको छ। बैठकले मलखाद बिक्री–वितरणलाई सहज, पारदर्शी र एकरूप बनाउने उद्देश्यले ‘शुद्धोधन सहकारी संजाल’ गठन गरेको हो।
सञ्जालको अध्यक्षमा सगरमाथा कृषि सहकारीका सुन्दर खनाल चयन भएका छन् भने उपाध्यक्षमा शिवशंकर तिवारी चयन भएका छन्। नवगठित संजालमा आठ जना पदाधिकारी र तीन जना सल्लाहकार रहेका छन्।
तिवारीको पहलमा सम्पन्न उक्त बैठकमा गाउँपालिकाभित्र रहेका २२ मध्ये २० सहकारी संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो। बैठकले किसानहरूलाई सहज रूपमा गुणस्तरीय मलखाद वितरण गर्ने, मूल्यमा एकरूपता कायम गर्ने, सहकारीहरूबीच समन्वय र सहयोग बढाउने, साथै मलखाद वितरणमा देखिने समस्या समाधानका लागि सामूहिक पहल गर्ने निर्णय गरेको छ।
सञ्जाल गठनसँगै अब गाउँपालिकाभित्रका किसानहरूले समान मूल्यमा, गुणस्तरीय मलखाद सहज रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ। स्थानीय तहमा सहकारीबीचको सहकार्यमार्फत कृषि क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।










