काठमाडौँ , त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारी निलम्बनमा परेका छन् । प्रारम्भिक अनुसन्धानमा एक क्विन्टल सुन जाँचपास गराउन सेटिङ मिलाएको देखिएपछि उनीहरुलाई निलम्बन गरिएको हो ।
गत बुधबार हङकङबाट क्याथे एयरवेजको जहाजमार्फत ब्रेकसुमा लुकाएर ल्याएको १०० किलो सुन त्रिभुवन विमानस्थलबाट भन्सार जाँचपास भएर निस्किएको थियो ।
विभागले भन्सार अधिकृत सन्तोष चन्द, खरिददार कुमार ढकाल र सरोज श्रेष्ठलाई निलम्बन गरेको हो। अवैध एक क्विन्ट सुन भन्सार पास गराएर बाहिर ल्याउन कर्मचारी सहयोगी भएको देखिएकाले निलम्बन गरिएको विभागको भनाइ छ।
राजस्व अनुसन्धान विभागको टोलीले सुराकीका आधारमा सिनामंगलबाट ट्याक्सीसहित सुन बरामद गरेको थियो। सो सुन प्रकरणमा विभागले हालसम्म एक-एक चिनियाँ र भारतीय नागरिकसहित १० जनालाई पक्राउ गरेको छ।