काठमाडौं। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अवकाश पाउन अब २ हप्ता पनि बाँकी छैन। करिब १० महिनाअघि कायममुकायम प्रधानन्यायायाधीश बनेका र १ महिनाअघि प्रधानन्यायाधीश नियुक्त भएका कार्की अन्ततः देशको न्याय प्रशासनलाई अलपत्र अवस्थामै छाडेर बाहिरिने देखिएको छ।
कार्कीले रिक्त न्यायाधीशको नियुक्ति र न्याय सेवाका कर्मचारीको सरुवा तथा बढुवाको काम अगाडि बढाउने अपेक्षा गरिएको थियो।
उनले प्रधानन्यायाधीशको लागि संवैधानिक परिषदको सिफरिसमा परेपछि संसदीय सुनुवाइ समितिमा आफू प्रधानन्यायाधीश बनेपछि गर्ने धेरै कामको विवरण पेश गरेका थिए।
कार्की प्रधानन्यायाधीश बन्दै गर्दा इतिहासमै सबैभन्दा छोटो कार्यकालका लागि नियुक्त हुन लागेका थिए। ५० दिन कार्यकाल लिएर नियुक्त हुन लागेका कार्कीले संसदीय सुनुवाइको क्रममा काम गर्नको लागि समयले नरोक्ने बताएका थिए।