सप्तरी । सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राति सप्तरीकोराजगढ गाँउपालिका वडा नं.६ जगाई टोल बस्ने ३५ वर्षीय उमेश मण्डलको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मोटरबाट पानी तानि खेतमा लगाउने क्रममा मण्डललाई करेन्ट लागेको थियो मण्डललाई करेन्ट लागेपछि तत्काल उपचारको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरीमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएका छन् ।