राजविराज । जनमत पार्टीका अध्यक्ष डा.सीक राउतले मधेश प्रदेश सरकारमा आफ्ना मन्त्रीलाई बिना विभागीय बनाएपछि आपत्ति जनाएका छन् ।
शनिबार राजविराजमा आयोजित ‘जनमत युवा सुदृढीकरण तथा पार्टी प्रवेश’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुमार बताएका हुन् ।
उनले आफ्ना पार्टीबाट मन्त्री बनेकाले जनताको पक्षमा काम गर्न थालेपछि बिना विभागी बनाएको उनले आरोपले लगाए ।
आफ्नो पार्टीलाई एक सिटबाट बहुमतमा पुर्याए रोजगारी र किसानको समस्या समाधान गर्ने बताए । उनले मधेसमा जनमत पार्टी वाहेक अन्य कुनै पार्टीको भविष्य नरहेको दावी गरे ।
कार्यक्रममा मधेस प्रदेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादव, प्रदेश सांसद सतिशकुमार सिंह, पार्टीका प्रबक्ता महासचिव डा.शरदसिंह यादव, जिल्ला ईन्चार्य रामगमन साह सहितकाले आ–आफ्नो विचार राखेका थिए ।
कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी जनमतमा प्रवेश गरेका थिए । नव प्रेवशिहरुलाई अध्यक्ष राउतले स्वागत गरेका थिए ।