![]()
काठमाडौं । बहुँचर्चित ललिता निवास प्रकरणमा विजयकुमार गच्छदार सहित चार जना पूर्वमन्त्री विरुद्ध प्रहरी केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी) ले फक्राउ पुर्जी जारी गरेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्व उपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र राज्यमन्त्री सञ्जयकुमार शाह विरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरी उच्च स्रोतबाट बुझिएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पनि गच्छदार, जोशी र श्रेष्ठ प्रतिवादी थिए । सीआईबीले यसअघि यो प्रकरणमा ४ पूर्व जना सचिव सहित ४०६ जना विरुद्ध पक्राउ पूर्जी लिइसकेको श्रोतले बतायो ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तीमध्ये एक पूर्व सहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त समेत रहेका दीप बस्न्यात फरार रहेका छन् ।
११२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा चार वटा मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । ११२ रोपनी ४ आना १ पैसा जग्गा हिनामिना भएको मुद्दा नम्बर २४ मा २०९ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।










