TodayEjor
Saturday, February 28, 2026
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

सुनकाण्डका एक आरोपीसँग भेटियो तीन देशको नागरिकता

६० किलो सुन तस्करी प्रकरणमा समातिएका एक व्यक्तिको साथमा तीन वटा मुलुकको नागरिकता फेला परेको छ ।


सुनकाण्डका एक आरोपीसँग भेटियो तीन देशको नागरिकता

Loading

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा समातिएका एक व्यक्तिको साथमा तीन वटा मुलुकको नागरिकता फेला परेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानका क्रममा १ भदौमा पक्राउ गरेका चिनियाँ नागरिक याओ पुचेङसँग भारत र नेपालको नागरिकता पनि फेला परेको हो ।

ब्यूरो स्रोतका अनुसार, पक्राउ परेका बेला उनीसँग भारतको आधार कार्ड भेटिएको थियो । उनले हरियानाको गुरुग्रामबाट आधार कार्ड बनाएको फेला परेको थियो ।

हालै उनको काभ्रेबाट जारी भएको नेपाली नागरिकता पनि फेला परेको अनुसन्धानमा संलग्न एक अधिकृतले अनलाइनखबरलाई बताए । ‘त्यसको आधारमा उनले राहदानी बनाएको पनि फेला परेको छ’, ब्यूरो स्रोतले अनलाइनखबरसँग भन्यो, ‘उनी खासमा चिनियाँ नागरिक हुन्, उनको चिनियाँ सरकारी कागजात पनि भेटिएको छ ।’

प्रहरीले उनको नागरिकताको विवरण माग्दै जिल्ला प्रशासन कार्यालय, काभ्रेलाई पत्राचार समेत गरेको थियो । तर, काभ्रे प्रशासनले रेकर्ड फेला नपरेको जवाफ फर्काएको छ ।

अरु थप ३ चिनियाँ नागरिकले पनि लिएको नागरिकताबारे पनि सबै विवरण प्रशासनले उपलब्ध नगराएको स्रोतले अनलाइनखबरलाई बतायो । स्रोतका अनुसार, केही विवरण प्रशासनबाटै गायब छन् ।

प्रकरणमा हालसम्म चिनियाँ नागरिक सउतेन भनिने डिङ सेग फा, अली र ली समेत भनिने ली वेन टी सुङ, स्टेप्स र रोजर पनि भनिने ली नेङकाई, एलेक्स भनिने याओ पुचेङ, भारतीय नागरिक टासी भनिने थुप्नेत छिरिङ र बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेका छन् ।

उनीहरुको अन्तरदेशीय कनेक्सन फेला परेपछि प्रहरीले अनुसन्धानमा इन्टरपोल समेत सहयोग लिँदैछ । ब्यूरोका एसएसपी दिनेश आचार्यलाई हङकङ पठाउने तयारी समेत भइरहेको छ।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

लामिछाने भोलि कपिलवस्तु आउदैँ

लामिछाने भोलि कपिलवस्तु आउदैँ

‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस

‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

सहभागिता मुलुक गुणस्तरीय निर्धारण प्रणालीबारे पालिका स्तरमा प्रस्तुतिकरण तथा मुल समिति गठन

सहभागिता मुलुक गुणस्तरीय निर्धारण प्रणालीबारे पालिका स्तरमा प्रस्तुतिकरण तथा मुल समिति गठन

कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

कपिलवस्तुबाट  मुस्लिम महिला नेत्री रबिना खान समानुपातिकमा सिफारिस    

कपिलवस्तुबाट मुस्लिम महिला नेकपाबाट रबिना खान समानुपातिकमा सिफारिस

कपिलवस्तुबाट  मुस्लिम महिला नेत्री रबिना खान समानुपातिकमा सिफारिस    

सिरहामा रिलायबल लाइफ इन्स्योरेन्सले बिमा मृत्यु दाबी भुक्तानी गरे ।

सिरहामा रिलायबल लाइफ इन्स्योरेन्सले बिमा मृत्यु दाबी भुक्तानी गरे ।

अमन इन्टरप्राइजेजले TVS मोटर कम्पनीले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा

अमन इन्टरप्राइजेजले TVS मोटर कम्पनीले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In