दिनेश शर्मा ,सिरहा१६ भदौ। सिरहामा स्रोत नखुलेको ४४ लाख रकम सहित दुइजना जना पक्राउ परेका छ्न ।
सिरहाबाट प्रहरी स.निरिक्षक दुर्गा प्रसाद यादब र इलाका प्रहरी कार्यलय माडरबाट प्रहरी नायब निरिक्षक अमित कुमार रायको कमान्डमा खटिएको संयुक्त टोलिले गोप्य सुचनाको आधारमा भारतको जयनगरबाट नेपाल तर्फ आउदै गरेको बि.आर ७ सि ४२२४ नम्बरको कारलाइ चेकचाज गर्दा कार अगाडिको सिट मुनिको भेगमा घ्ररा जडान गरि घ्ररा भित्र कालो पलास्टिकमा लुकाइ छिपाइ ल्याएको स्रोत नखुलेको नेपाली रु.४४लाख(चौवालिश लाख ) रकम फेला परेपछी दुई जना लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा,चालक सिरहा नगरपालिका वडा न-१७ माडर बस्ने अ.वर्ष -५२ को प्रेम कुमार यादब र सोही कारमा सवार ऐ.वडा न-७ हेमनारायण चौक बस्ने अ.वर्ष-४२ को सन्जय कुमार साह लाई उक्त रकम र कार सहित निज लाई पक्राउ गरि थप अनुसन्धान तथा कार्वाहीका लागि राज्स्व अनुसन्धान कार्यलाय इटहरि पठाइएको जिल्ला प्रहरी कार्यलाय सिरहाका डिएसपी -रबिन्द्र राज पान्डेले जान्कारी दिए ।