TodayEjor
Monday, July 7, 2025
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

मेयर बालेनले सिंहदरबारमै आगो लगाउने अराजक अभिव्यक्ति दिनुको कारण के ?

सुत्केरी पत्नी सविना काफ्ले चढेको सेतो नम्बर प्लेटको सरकारी गाडीमा चेकजाँच भएपछि नै मेयर शाहको फेसबुकबाट अराजक स्टाटस पोस्ट


मेयर बालेनले सिंहदरबारमै आगो लगाउने अराजक अभिव्यक्ति दिनुको कारण के ?

Loading

हिजो शनिबार राति (९ः२१ बजे) काठमाडौँका मेयर बालेन शाहले फेसबुकमा अराजक स्टाटस लेखेपछि धेरैको ध्यान खिचियो — आखिर भएको के थियो ? किन मेयर शाहले सरकारलाई चोर भन्दै सिंहदरबारमै आगो लगाउने अभिव्यक्ति दिए ?

सुत्केरी पत्नी सविना काफ्ले चढेको सेतो नम्बर प्लेटको सरकारी गाडीमा चेकजाँच भएपछि नै मेयर शाहको फेसबुकबाट अराजक स्टाटस पोस्ट भएको रहेछ । शाहकी पत्नी सविनाले एक साताअघि ललितपुरको मेडिसिटी अस्पतालमा छोरीलाई जन्म दिएकी थिइन् । छोरीको स्वास्थ्यमा केही समस्या देखिएपछि एनआईसीयूमा उपचार भइरहेको र सविना भने दुई दिनअघि डिस्चार्ज भएको अस्पताल स्रोतको भनाइ छ ।

शनिबार साँझ ८ः४९ बजे सविना ललितपुरको बालकुमारी क्षेत्रबाट कोटेश्वर आइपुग्दा ट्राफिक चेकिङ भइरहेको थियो । सार्वजनिक बिदाको दिन सेतो नम्बर प्लेटको गाडी देखेपछि ट्राफिक प्रहरीले कागजात र शनिबार चलाउनका लागि स्थानीय प्रशासनबाट लिइएको पास माग गरे । मेयर शाहका स्वकीय सचिवको विज्ञप्ति भन्छ, ‘सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषय समेत सवारी चालकले आफ्नो परिचयपत्र देखाउँदै अनुरोध गरे ।’

नगरप्रमुखसहितको परिचय खुलाएपश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको र प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत ख्याल नराखी करिब सात मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिका अनुसार, मेयर शाहकी पत्नी सविनाको स्वास्थ्यमा जटिलता देखिएपछि स्वास्थ्य परीक्षण र एनआईसीयूमा भर्ना रहेको शिशुलाई स्तनपान गराई फर्किने क्रममा घटना भएको थियो ।

बालेनको अराजक स्टाटसको बचाउमा ‘सुत्केरी संवेदना’ जोड्दै आज बिहान मेयर शाहनिकट मानिने फेसबुक पेज ‘रुटिन अफ् नेपाल बन्द’ले लेखेको थियो — ‘बालेन शाह एन्ड हिज वाइफ सविना काफ्ले गिभ्स् बर्थ टु अ बेबी गर्ल । कन्ग्राचुलेसन ।’

यसमा सविनाले छोरीलाई जन्म दिएको कहिले भन्ने खुलाइएको थिएन । एक साताअघि नै सविनाले छोरीलाई जन्म दिएको समाचार रातोपाटीमा आएको केही समयपछि त्यसमा सच्याइयो — …फ्यु डेज अगो ।

 

यस घटनालाई गहरिएिर हेर्दा ट्राफकि प्रहरीको नयिमति काम-कारबाही, सुत्केरी संवेदना र महलिा स्वास्थ्य जोडएिर आएको देखन्छि । सवनिा चढेको गाडीमा मेयर बालेन थएिनन्, तर सवनिाले घटनाको अवगत गराएपछ िनै मेयर बालेनले अराजक स्टाटस लेखेको बुझन्छि । प्रश्न उठ्छ, घटना सामान्य भएको भए मेयर बालेनलाई अवगत कनि गराइयो रु

मनोवद् िकरुणा कुँवरका अनुसार, सुत्केरी हुँदाको पीडा, सुत्केरी हुनुअघकिो अवस्था आदकिा कारण सुत्केरी भइसकेपछ िआमामा ॅपोस्टपार्टम डप्रिेसन’ देखनि सक्छ ।

एक साताअघि नै बालेनलाई पुत्री लाभ, आमा दुई दिनअघि डिस्चार्ज !

यस घटनालाई गहिरिएर हेर्दा ट्राफिक प्रहरीको नियमित काम-कारबाही, सुत्केरी संवेदना र महिला स्वास्थ्य जोडिएर आएको देखिन्छ । सविना चढेको गाडीमा मेयर बालेन थिएनन्, तर सविनाले घटनाको अवगत गराएपछि नै मेयर बालेनले अराजक स्टाटस लेखेको बुझिन्छ । प्रश्न उठ्छ, घटना सामान्य भएको भए मेयर बालेनलाई अवगत किन गराइयो ?

मनोविद् करुणा कुँवरका अनुसार, सुत्केरी हुँदाको पीडा, सुत्केरी हुनुअघिको अवस्था आदिका कारण सुत्केरी भइसकेपछि आमामा ‘पोस्टपार्टम डिप्रेसन’ देखिन सक्छ ।

यद्यपि महानगरका मेयरले सिंहदरबारमै आगो लगाउँछु भन्ने खालको अराजक अभिव्यक्ति दिनु जायज होइन, पद र जिम्मेवारीका हिसाबले पनि उनले संयमता अपनाउन सक्नुपथ्र्यो । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि महानगरलाई सुन्दर, स्वच्छ र प्रशासनिक चुस्त-दुरुस्त बनाउने सवालमा बालेन चिन्तित देखिँदै आएका छन् । आफ्नो कामको सिलसिलालाई लिएर उनले आफ्नो फेसबुकमार्फत बेलाबेला अराजक अभिव्यक्ति पनि दिएका छन् । उनले चैत २४ (२०७९) मा फेसबुक स्टाटस लेखेका थिए, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’ जबकि महानगरले अदालतको आदेशमा फोहोर उठाउन सुरु गर्नुपर्‍यो ।

पछिल्लो समय उनले राष्ट्रप्रेमलाई केन्द्रमा राखेर अदालतको आदेश नै नमान्नेसम्मको अभिव्यक्ति दिए । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा सीता भारतकी पुत्री रहेको भन्ने आशयको संवाद रहेको विषयलाई लिएर उनले २२ जुनमा स्टाटस लेखेका थिए, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।’

मेयर शाहले यस्ता अराजक अभिव्यक्ति दिनुको पछाडि कतै कामको चाप त होइन ? कतै यसको पनि मनोविज्ञान छ कि ? मनोविद् कुँवरका अनुसार, कुनै व्यक्तिले घरायसी वा व्यक्तिगत समस्याका कारण तनावमा आएर घरबाहिर वा कार्यालयमा आक्रोश पोख्न सक्छन् । यस्तै कार्यालयसँग सम्बन्धित समस्याका कारण कसैले घर-परिवारमा आक्रोश व्यक्त गरेको पनि देखिन्छ । यो अवस्था देखिनुलाई व्यक्तिले तनावको व्यवस्थापन गर्न नसकेको भनी बुझ्नुपर्छ । यसको समाधानको उपाय भनेकै तनाव व्यवस्थापन हो ।

‘तनाव व्यवस्थापनका उपाय धेरै छन् । कार्यालयको तनाव कार्यालयमै छाडेर घरमा आउने र घरको तनाव घरमै छाडेर कार्यालय जाने अभ्यास गर्नुपर्छ,’ मनोविद् कुँवर भन्छिन्, ‘अर्को महत्त्वपूणर् कुरा — तनाव कम गर्न, कामको लोड पनि कम गर्नुपर्ने हुन्छ । यसमा आठ घन्टा काम, आठ घन्टा निद्रा र आठ घन्टा परिवारलाई दिने सूत्र पनि छ ।’ उनका अनुसार, अत्यधिक कामले ल्याउने तनावलाई ‘बर्न आउट सिन्ड्रोम’ भनिन्छ ।

व्यक्तिको हकमा तनावका कारण अनेक हुन्छन् — आफ्नो अनुकूल काम गर्न नपाउनू । आफ्नो विचार अनुसार अर्कोले नगरिदिनू आदि ।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

कपिलवस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहम्मद जाहिद खाँको नेतृत्वमा निःशुल्क मुटु स्वास्थ्य शिविर सम्पन्न, ११५ जनाले अति गरिब तथा स्थानीय बासिन्दाहरूले पाए राहत ।

कपिलवस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहम्मद जाहिद खाँको नेतृत्वमा निःशुल्क मुटु स्वास्थ्य शिविर सम्पन्न, ११५ जनाले अति गरिब तथा स्थानीय बासिन्दाहरूले पाए राहत ।

कपिलवस्तु नगरपालिका–१ ले ४० बढी सुत्केरी महिलालाई सुपानेट झुल वितरण

कपिलवस्तु नगरपालिका–१ ले ४० बढी सुत्केरी महिलालाई सुपानेट झुल वितरण

समाजसेवी डाक्टर आनरुल्लाह मु. – सरसफाईमा विशेष ध्यान

समाजसेवी डाक्टर आनरुल्लाह मु. – सरसफाईमा विशेष ध्यान

कपिलवस्तु नगरपालिका वडा नं.१ का वडा अध्यक्ष मोहम्मद जाहिद खान द्वारा गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश

कपिलवस्तु नगरपालिका वडा नं.१ का वडा अध्यक्ष मोहम्मद जाहिद खान द्वारा गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश

कपिलवस्तु नगरपालिका वडा नं १ मा गणतन्त्र दिवसको अवसरमा डस्टविन वितरण कार्यक्रम सम्पन्न

कपिलवस्तु नगरपालिका वडा नं १ मा गणतन्त्र दिवसको अवसरमा डस्टविन वितरण कार्यक्रम सम्पन्न

गोलबजारका शिक्षक एउटै समयमा दुई विद्यालय पढाउँछन्, नियामक निकाय मौन

गोलबजारका शिक्षक एउटै समयमा दुई विद्यालय पढाउँछन्, नियामक निकाय मौन

१४ वर्षीया बालिका बलात्कार आरोपमा चारजना पक्राउ

१४ वर्षीया बालिका बलात्कार आरोपमा चारजना पक्राउ

सांसदका स्वकीयको योग्यता र भर्ना प्रक्रियामा महालेखाको प्रश्न

सांसदका स्वकीयको योग्यता र भर्ना प्रक्रियामा महालेखाको प्रश्न

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा उपराष्ट्रपति यादवको जोड

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा उपराष्ट्रपति यादवको जोड

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In