सिरहा । सिरहाको अर्नामामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिवासले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी स्थानीय तह स्तरीय अन्तर्क्रिरया कार्यक्रम गरेको छ। बुधबार अर्नामाको नयाँ भवनको हल भित्र स्थानीय निकायका गाउँ पा. अध्यक्ष ,उपाध्यक्ष , वडा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत तथा विभिन्न शाखाको प्रमुख लगायतलाई सहभागी गराएर अन्तर्क्रिरया गरिएको हो।
पछिल्लो समय सबै तहमा भ्रष्टाचार बढेको गुनासो र उजुरीको तथ्य सार्वजनिक गर्दै भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन गर्न अन्तर्क्रिरया गरिएको आयोगको वर्दिवास कार्यालयले जनाएको छ। स्थानीय सरकारसँग आयोगको अपेक्षा र भ्रष्टाचार नियन्त्रणमा स्थानीय निकायका गाउँ पा. अध्यक्ष अशोक कुमार यादव , उपाध्यक्ष शोभा कुमारी साह र वडा अध्यक्ष भूमिकाबारे जानकारी दिन अन्तर्क्रिरया गरिएको हो।
आयोगका रबिन बाबू रेग्मीको विशेष उपस्थितिमा भएको कार्यक्रममा अख्तियारको काम, कर्तव्य र अधिकारसँगै जिल्लाबाट अख्तियारमा परेका उजुरीको संख्या र शीर्षकलगायतका तथ्यांकहरू प्रस्तुत गरिएको थियो।
अख्तियारको वर्दिवास कार्यालयका शाखा अधिकृत दिनेश युवाकट्टीले आफ्नो क्षेत्रभित्रका जिल्लाका विभिन्न तहका कार्य प्रस्तुत गरेका थिए। ट्रान्सपरेन्सी इन्टरनेसनलले निकाल्ने प्रतिवेदनमा नेपालमा भ्रष्टाचारको तथ्यांकबारे जानकारीसँगै भ्रष्टाचारभित्र पर्ने विभिन्न सूचकहरूबारे समेत जानकारी गराइएको थियो।
भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन गर्न विभिन्न पालिकाका सहभागीहरूले आफ्नो जिज्ञासा राख्दै अख्तियारलाई सुझावसमेत दिएका थिए।