दिनेश शर्मा ,सिरहा । सिरहाको समाजवादी जागरण अभियान ” को तेस्रो दिन सिरहामा आयोजित भव्य कार्यक्रम सम्पन्न भएको छ । उत्त कार्यत्रममा विभिन्न पार्टी परित्याग गरी प्रवेश ३५० जना नेता कार्यकताहरू नेकपा ( एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । यस्तै सिरहाको हेमनरयण चोकमा भएको कार्यक्रममा समेत सयौंको संख्यामा कार्यकर्ताहरु एकीकृत समाजवादीमा प्रवेश भएका छन् ।
यो ” समाजवादी जागरण अभियान “सुरू भएसंगै कार्यक्रम भएका स्थानहरुमा पार्टी प्रवेश गर्नेहरुको लहर वढ्को छ । एकीकृत समाजवादीले सरु गरेको समाजवादी जागरण अभियान २०८० को तेस्रो दिन पनि पार्टी प्रवेशको लहरबाट सुरूवाद भएको छ ।
नवप्रवेशीलाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, पार्टीका उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवलगायतले स्वागत गरेका थिए । सभामा पार्टी बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको बर्तमान अबस्थाको जानकारी गराउँदै अगामी दिनमा पार्टीले लिने रणनीति र कार्यदिशा जनतासमक्ष जानकारी गराउन १२ सय किलोमिटरको लम्वे अभियानको सुरुवात गरिएको बताएका छन् ।
जिल्ला अध्यक्ष सुरेश कुमार यादव अध्यक्षत्तामा गोलबजारबाट सयौं जनसंख्या युवाहरू एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई स्वागत सिरहा पुगेको थियोे ।