दिनेश कुमार शर्मा
सिरहा,२३ असोजः सिरहाको गोलबजारमा अवैध लागूऔषध सहित दुई जना युबक लाई प्रहरीले पक्राउ गरेको छ ।
पुर्वबाट पश्चिमतर्फ आउदै गरेको दुइ जना सवार रहेको बा ६३प ९१९६ नम्बरको मोटरसाईकलमा लागू औषध ल्याउदै गरेको गोप्य सुचनाको आधारमा ई.प्र.का.गोलबजार सिरहाबाट प्र.नि.सुनिल कार्कीको कमाण्डमा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारको टोलीले गोलबजार नगरपालिका वडा नं. ४ स्थित पुर्व पश्चिम लोकमार्गको सडक खण्डमा चेकप्वाईन्ट थापी चेकजाँच गर्ने क्रममा पक्राउ गरेका हो ।
पक्राउ पर्नेमा, जिल्ला सिरहा लहान नगरपालिका वडा नं-२१ माधोपुर बस्ने वर्ष २१ को अर्जुन कुमार राम र सोही मोटरसाईकल पछाडी सवार ऐ.ऐ. वडा नं-२० हरीनगर बस्ने वर्ष ३५ को रामानन्द दास रहेको छ ।
पक्राउ परेका ब्यक्तीहरुको साथबाट चेकजाँच गर्दा निजहरुले बिचमा राखेको कपडाको ब्याग भीत्र ३ वटा प्लास्टिकको पोकामा PROMETSAZINE-HOYDROCHLORIDE, 2ML:-४८७ एम्पुल,DIAZEPAM:- ईन्जेक्सन -४९८ एम्पुल, ईन्जेक्सन-४९० एम्पुल जम्मा १४७५ मोबाईल थान-३ फेला परेको हो ।निम्न परिमाणको लागू औषध फेला पारी उक्त लागू औषध र मोटरसाईकल सहित नियन्त्रणमा लिई ई.प्र.का.गोलबजार सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता तथा डिएसपि रबिन्द्रराज पान्डेले जान्कारी दिए ।