दिनेश कुमार शर्मा
सिरहा, २३ असोज। इजराइलमा हमास समूहको आक्रमणमा परि ज्यान गुमाउने नेपाली विद्यार्थीको सम्झनामा सिरहामा मङ्लबार विभिन्न संघ संस्थाहरुले दिप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका छन्।
सिरहाको गोलबजारमा अखिल (क्रान्तिकारी), वासीएल नेपालको आयोजनामा र सिरहा सदरकमुकाममा मातृभूमि यूवा समाज सिरहा, जागृति नेपाल, अर्नमाको आयोजनामा मृतकहरुको सम्झनामा दिप प्रज्वलन भएको हो।
अखिल (क्रान्तिकारी)का मधेश प्रदेश अध्यक्ष पुजन सिंह, वाईसीएलका नगर ईन्चार्ज किशोरी यादवले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए।
उनीहरुले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजन प्रति सम्वेदना व्यक्त गरेका थिए।