सिरहा। हेल्प मधेशी नेपालको केन्द्रिय अध्यक्षमा राकेश कुमार राय चयन भएको छ । प्रथम राष्ट्रिय अधिवशेनबाट नयाँ नेतृत्वको लागि ९ जना कार्य समिति चयन भएका हो ।
अधिवेशनले उपाध्यक्षमा संजय यादव, रिना झा सचिवमा अमरेश यादव सहसचिवमा मो.जमिर मेसुरलाई निर्वाचित गरेको छ ।
त्यसै गरी प्रथम अधिवेशनले कोषाध्यक्षमा फुलकुमारी यादवलाई निर्वाचित गरेको त्यसतै सहकोषाध्यक्षमा मो.समिर सेखलाई जिम्मेवारी दिएको छ ।
प्रमुख अतिथी कमलदेव साहले अधिवेशनमा नव निर्वाचित समितीलाई कार्यकालको शुभकामना दिए ।
हेल्प मधेशी नेपालको प्रथम राष्ट्रिय अधिवेशन शनिवार धनुषाको गणेशमान चारनाथ बिरेन्द्रबजार, कविरकुटीमा गरेका थिए । उद्घोषक विजय मण्डल संस्थाका अध्यक्ष राम उदगार यादव विश्ष्टि अतिथी प्रभात महतो,प्रमुख अतिथी कमलदेव साह संयूतm रुपले दिप प्रज्वलन गरी कार्यक्रमलाई उद्घाटन ग्रेका थिए ।